रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

करेन्ट लागेर कालिकोटमा एकजनाको मृत्यु

कालिकोट खाँडाचक्र नगरपालिका– ७ पिलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भेडा चराउन गएका खाडाचक्र– ७ का २४ वर्षीय टक्क कार्कीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत कल्यानाखोलामा बिजुलीको पोल ढलेर भुइँमा झरेको तारवाट भेडा चराउन गएका कार्कीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । राष्ट्रिय प्रसारण लाईनअन्तर्गतको बिजुली पोल ढल्दा यहाँका नागरिकहरुलाई सम्स्या भएको छ ।

कर्णाली राजमार्गमा लाईन जोडिएका छन् । तर, सुरक्षीत नभएका कारण यहाँका नागरिकहरु त्रसित भएका छन् । विस्तृत जानकारीका लागि पिलीमा रहेको प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरिक्षकको टोली पनि घटनास्थल तिर प्रस्थान गर्न लागेको प्रहरी प्रमुख सिद्वराज न्यौपानेले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !