रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पलाता ,पचालझरना कर्णाली नदीमा र्याप्टिङ प्रयटन सुरू

हुम्लाको मानसरोबर हुँदै हुम्ला मुगु ,बाजुरा र कालिकोट भएर बग्ने नेपालकै चर्चित कर्णाली नदीमा कालिकोटको पलाता र पभालझरनाले र्याप्टिङ प्रयटन प्रबद्वनका लागि सम्भाब्यता अध्यन गरि र्याप्टिङकार्यको सुरूवात गरेका छन । कालिकोटको पलाता गाउपालिकाको घाटाचौर देखि पचालङरना गाउपालिकाको लाफा पडेक्षा सम्म चार किलोमिटरमा र्याप्टिङ गरेर सुरूवात गरिएको हो । शनिवार एक कार्यक्रमका बिच कर्णालि प्रदेशका निबर्तमान मुख्यमन्त्रि महेन्द्र बहादेर शाही , पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवाल , रास्कोट नगरपालिकाका मेयर एवं माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य कासिचन्द्र बराल पलाता गाउपालिकाका अध्यक्ष लक्ष्मण बम र सान्नित्रिर्बेणि गाउपालिकाका अध्यक्ष डम्मर शाही लगाएत नेताहरूले चार किलोमिटर रर्याप्टिङ गरेर कार्यको सुरूवात गरिएको हो । बजागाजा सहित पुर्व मुख्यमन्त्रि शाहीले रिवन काटेर उद्घघाटन गरे पछी नदीमा रर्याप्टिङ तैरीएको हो । रर्याप्टिङ सफल परीक्षण भएको रर्याप्टिङ प्रयटन ब्यवसायीले बताएका छन । कालिकोटको पचालझरना नेपालकै अग्लो नेपाललसरकारको ६६अौ स्थानमा पर्न सफल झरना र कर्णाली नदीमा रर्याप्टिङ पर्यटन गाउपालिकाको मुख्य आन्चरीक श्रोत भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !