रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

गरीबिको फोटा बेच्ने ngo/ ingo बिरूद्व सहकारी आन्दोलन माओवादी एजेण्डा हो : पुर्व मुख्यमन्त्री शाही

  •     कर्णाली प्रदेसका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली जस्ता बिकट क्षेत्रमा रोगभोग अशिक्षा र बेरोजगारीको फोटो बेचेर डलरको खेति गर्ने एनजिओ आईएन्जिओको बिकृर्त अबस्था रोक्न सहकारी आन्दोलनको अभियान मार्फत सामुहीक पुजिको बिकास गर्ने एजेण्डा माओवादी जनयुद्वले सथापित गरेको बताउनु भयो आईतबार कालिकोटको पिलिमा हिमचुलि कृषि सहकारीको पिलि साखाको बार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री शाहीले डलरको खेति गर्ने एन्जिओ आईएन्जिओ भन्दा सहकारी आन्दोलन राम्रो र समाजबादको आधार रहेको बचाउनु भयो ।जनयुद्वमा आधार ईलाकामा सहकारीका माध्यमबाट कम्युन स्थापना गरेर सहकारीको आधार स्तम्भ तयार गरेको बताउनु भयो । पुर्ब मुख्यमन्त्री शाहीले माओवादीले बैदेसिक लगानि भित्राएर घरघरेडि खरीद गर्ने र जनतालाई नियातमुखि गरिब बनाउने परम्पराको अन्त गर्न माओवादीले गाउगाउमा सहकारी घरघरमा भकारी, आफू मुख्यमन्त्री हुदा सहकारी गाउँ स्थापना,सहकारी केन्द्रित थुप्रै काम गरेको बताउनु भयो । माओवादी केन्द्र एक मात्र समाजवादी ब्यवस्थाको पक्षपाति रहेको र सहकारी एजेण्डा माओवादीको रहेको बताउनु । कालिकोटमा रहेको पुरानो ठूलो सहकारीका रूपमा चिनियको हिमचुलि कृषि सहकारीको १५ साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका कासिचन्द बराल , पार्टी केन्द्रीय सदस्य यसोधा न्यौपाने पुणिमा ,माओवादी केन्द्रका कर्णाली प्रदेस कमिटी सचिव धनजित शाही , कालिकोट पार्टी अध्यक्ष लक्ष्मि प्रसाद चौलागाई सैलेन्द्र लगाएतको सहभागिता रहेको थियो । सभामा हिमचुलिमा आबद्व विभिन्न महिला बचत समूह , सेर सदस्यहरू सहभागि गरेहका थिय । सभामा आगामि केन्द्रीय साधारणसभाका लागि प्रतनिधि छनोट गर्नुका साथै विभिन्न बिधामा उत्कृष्ट हुने बचतकर्ता रिण लिएर ईमान्दारी पुर्वक तिर्ने रिणीहरूलाई सम्मान गरिएको छ । हिमचुलि कृषि सहकारीका संन्चालक समितिका सचिव सरोज बोगटीको अध्यक्षयतामा सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !