नेकपा माओवादी केन्द्र कालिकोटका प्रभावशाली युवा नेता खड्गराज सेजुवालले एक स्टाटस लेख्दै के कालिकोटले माओवादी नेतृत्व पाउन बिद्रोह गर्नै पर्ने होर ? भनेर एक सामाजिक सन्जालमा स्टाटस लेखे पुर्व विद्यार्थी नेता समेत रहेका सेवुवालले शोमबार उक्त पोस्ट गरे लगतै सामाजिक सन्जालमा कालिकोटमा माओवादी केन्द्रमा खैलाबैला र व्यापक असन्तुस्टी चुलीएको छ । कुरा थियो शोमबार माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनितको प्रस्ताव प्रचण्डले गरे लगतै कालिकोटका जीवन बुढा र दुर्ग रावतको बिसयलाई लिएर असन्तुस्टी चुलिएको हो । बैकठ सकिए लगतै कालिकोट माओवादि केन्द्रमा खैलाबैला सुरू भएको हो । माओवादी जनयुद्व कालिन समयमा लगानि गर्ने कालिकोट पनि एक जिल्ला कालिकोट रहेको भन्दै रोल्पा ,रूकुम पछीको तेस्र बलीदान गर्ने जिल्लामा परेको भन्दै कालिकोटका ईमान्दार नेता पुर्व कालिकोट जिल्ला ईन्चार्ज जीवन बुढा र पुर्व जिल्ला अध्यक्ष दुर्ग रावतको नाम नपरे पछी कालिकोटबाट प्रदेश कमिटीका सदस्यहरूले पनि सामाजिक सन्जालमा व्यापक असन्तुस्टी ब्यक्त गर्न थालेका छन ।
पार्टीले ९७ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि जीवन बुढा र रावत नप्रनु गलत भएको भन्दै व्यापक असन्तुष्टि ब्यक्त हुन थालेका हुन
पार्टीप्रदेश कमिटी सदस्य समेत रहेकी रास्कोट नगरपालिका उप प्रमुख मिमसरा बमले
धैर्य गर्ने समयले सिमा नागेपछी नबोलेर बस्न सकिन भन्दै एक लामो स्टाटस लेखेकी छन । उनले लेखेकी छन आज बोल्न मन लाग्यो।हाम्रो पार्टी शान्ती प्रकृयामा आय पछी कालिकोटको भुमिका काँहानेर कम भयो चित्त बुज्दो उत्तर चाहिन्छ।यती मात्र हैन जनयुद्वको बेला पनी देशै भरी राजनीतिक र फौजी हिसाब ले महत्वपुर्ण नेतृत्व गरेको हो। मोर्चाबन्दी लडाइँ र भिडान्त हरुमा कालिकोटले रगत नबगायको कुनै स्थान छैन।सातौ डिभिजन का कार्यवाहक कमाण्डर जिवन बुढा मातहत का साथी हरु केन्द्रिय सदस्य हुदै गर्दा वाँहाको कानेर योग्यता पुगेन।अनी पार्टी टुटफुट र विभाजन को बेला पनी सस्थापन लाईनमा बसेर 2070 को निर्वाचन जिताउनु गल्ती गर्यौ कालिकोटका नेता कार्यक्रता हरु ले? 2074 सालको स्थानिय निर्वाचन मा एउटा पालिका नजित्ने हरु मात्र अटायका हुन केन्द्रीय समितिमा? कि त हाम्रो पार्टी मा न्यायिक निर्णय गर्न कन्जुस्याइँ भयको हो?बमले भनेकी छन ।