स्वास्थ्यका चौकिमा mss मुल्याङकन कार्ययोजना निर्माण सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य चौकीले उपलब्ध गराउनु पर्ने न्युनतम सेवा दिनेबारे स्वास्थ्य कर्मी ,स्वास्थ्य चौकी ब्यवस्थापन समितिहरूका बिच छलफल गरेर कार्ययोजना निर्माण गरिएको हो ।हाल स्वास्थ्य चौकिले पूरा गर्नु पर्ने सेवाका सुचकहरूमा ५३ प्रतिशतमा रहेको देखिएको छ । पालिका स्तरीय गुणस्तर सुधार समितिसंग बसेर छलफल भएको हो ।
न्युनतम आधारभुत स्वास्थ्य सेवा मापदण्ड लागू गर्नेबारे छलफल भएको छ । नानिकोट स्वास्थ्य चौकीमा स्वास्थ्यका लागी सक्षम प्रणालि युएसएआइडिनेपाल र पचालझरना गाउपालिकाको सहयोगमा गोष्ठी सम्पन्न भएको हो । स्थानिय स्तरमा एक नर्सिङसेवा कम्जोर रहेको भन्दै सुधार गर्ने योजना बनेको छ । गोष्ठीमा पचालझरना गाउपालिकाका अध्यक्ष खडगराज सेजुवाल , उपाध्यक्ष तारा न्यौपाने ,पालिका स्वास्थ्य प्रमुख बिरेन्द्र सन्ज्याल ,वडा सचिव कृष्ण बम स्वास्थ्य चौकि नानिकोटका ईन्चार्ज जगत बहादुर शाही लगाएत स्वास्थ्यकर्मीहरू सहभागी रहेका छन । कार्यबहाक वडा अध्यक्ष नरजित बुढाको अध्यक्षयतामा गोष्ठी सम्पन्न भएको हो । सुसासन र ब्यवस्थापन ,क्लिनिकल सेवा ब्यवस्थापन स्वास्थ्य चौकी सहयोग सेवा ब्यवस्थापन कार्यक्रमबारे जानकारी लिएर अबको योजना निर्माण गरिएको छ ।