रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

खाडाचक्र नगरका १०३५९ बालबालिकालाई टाइफाईट रोग बिरूद्वको खोप लगाईदै

खाडाचक्र नगरका १०३५९ बालबालिकालाई टाइफाईट रोग बिरूद्वको खोप लगाईने भएको छ ।
पालिका स्तरीय खोपसमन्वय समितिसंग छलफल गर्दै खाडाचक्र नगरपालिकाको स्वास्थ्य साखाले
१५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई खोप लगाईने भएको हो । यश अघि रास्ट्रिय खोपका रूपमा नरहेको टाईफाईट खोप अब सरकारी मापदण्ड अनुसार रास्ट्रिय खोप अभियान अनुसारनै लगाईने भएको छ ।
नियमितखोपमा समाबेस गर्ने सरकारी लक्ष्य अनुसार नेपाल सरकारले खोप अभियानमा नेपालमा १३ खोप पुगेको छ । बिस्वमा पुर्ण खोपमा २३ खोप लगाईने गरेकोमा नेपालमा यस अघि नेपालका १२ मात्र रोगका खोप अभियानका सकाबेस थिय टाईफाईट खोप थपियो अब १३ वटा पुगेको खाडाचक्र स्वास्थ्य साखाले बताएको छ ।
टाईफाईट रोगले समयमा उपचार नपाए ज्यान लिने र हरेक बर्ष ४ लाख ५० हजार मानिस यो रोगबाट प्रभाबित भएको देखिएको साखा प्रमुख सेजुवालले बताउनु भयो ।
दुसित खाना र दुसित पानिका कारण सर्ने रोग भएकाले यो एक प्रकारको सरूवा रोग भएको बताउनु भयो ।
नेपालमा १५ बर्षमुनिकालाई यो रोग देखिएको छ ।
अागामि दिनमा १५महिना पूरा भए पछि एक मात्रा टाइफाईट रोग बिरूद्वको खोप लगाउन सुरू गरिनेछ । यश पटकको अभियानका कालिकोट
जिल्लाभर ६३ हजार बालबालिकाले खोप पाउनेभएका छन ।खाेप यहि चैत्र २५ गते देखि २०७९ साल वैशाख १८ गते सम्म सन्चालन हुने छ । बिधालयलाई केन्द्रीत गरि खाेप अभियान सन्चालन गरिने खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताउनुभयाे । बिधालयसगै सबै स्वास्थ्य सस्थामा पनि टाईफाईट बिरूद्वकाे खाेप लगाईने छ। प्रत्यक खोपकेन्द्रमा एक जना महिला शिक्षिका ,सम्बन्धित स्वयमसेबिका र स्वास्थ्यकर्मि एक जना परिचालित हुने छन । अभियानभर व्यापक
प्रचार प्रसार गरिने छ । माइकिङ गर्ने रेडियोवाट सुचना जिङगल प्रशारण गरिने सेजुवालले बताउनु भयो ।
कार्यक्रममा खाडाचक्र नगरका उपप्रमुख बिजया बिस्टले विभिन्न रोगको निधान र संक्रामक रोगको समयमा निधान गर्नका लागि खाडाचक्रले सबै वडामा सुरक्षित खानेपानि ब्यवस्थापन गर्न लागेको बताउनु भयो । कार्यक्रममा सञ्चारकर्मी प्रेमराज सिम्खाडाले सबै खोपसमुदायको पहुचमा पुर्याउन सञ्चारकर्मीको भुमिका अहम हुने बताउनु भयो ।
कार्यक्रममा खाडाचक्र नथरका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र राज श्रेष्ठले टाईफाईट एउटा घातक रोग भएकाले खोप अभियानबाट समुदाय सुरक्षित हुने बताउनु भयो । पानिका मुहान दुसित भएकाले अधिकांस मानिस यो रोगबाट संक्रमित हुने सम्भावना रहेकाले सरकारले यो अभियान राम्रो प्रभाबकारीरूपमा सन्चालन गर्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !