माओवादी केन्द्रका नेता तथा रास्कोट नगरका प्रमुख धर्मराज शाही (पोषणले नगर प्रमुखको पदभारग्रहण गर्नु भएको छ । पदभारग्रहण गर्दै नगर प्रमुख शाहीले ५ ओटा महत्व पुर्ण निर्णय समेत गर्नु भएको छ । रास्कोट नगर प्रमुखको पदभार समाले पछी नगर सरकारको पहीलो निर्णय सार्वजनिक गर्दै शाहीले सान्तिपुर्ण मतदान गर्ने ,निर्वाचनका खटीने सुरक्षा कर्मी कर्मचारी र मतदातालाई धन्यवाद दिनु भयो ।प्रमुख र उपप्रमुखले आजै नगर सरकारको पहिलो निर्णय गर्दै निर्णय पुस्तिकामा हस्ताक्षर गर्नु भयो ।
नगर प्रमुख शाहीले जनयुद्ध कालिन घाइते अपाङ्ग हरुको परिचय पत्रको आधरमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउने ,सहिद ,बेपत्ता , दन्डपिडित घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि एउटा छात्रा र अर्को छात्र कोठा निर्धारण गरि छात्रबृति प्रदान गरिने बताउनु भयो ।रेडियो प्रदेश आवाज संग कुरा गर्दै शाहीले आर.सि.पि. बजारमा रहेको अव्यवस्थित खानेपानी तथा सरसफाइ लाई ब्यबस्थित गर्ने निर्णय समेत भएको बताउनु भयो ।नगर सरकारको पहिलो निर्णय अनुसार रास्कोट अस्पताल लाई यम्बुलेन्स हस्तान्तरण गर्ने , निशुल्क बाली तथा पसुपन्छी कार्यक्रम लागू गर्ने लगाएतका निर्णय गरिएका छन ।