बुधबार साँझ दैलेख, र कालिकोटमा बस दुर्घटना भएको छ । नेपालगन्ज देखि मुगु जान लागेको बस कालिकोटको सेरीघाटमा दुर्घटना भयो भने कालिकोटको पलाताघाटाचौर देखि नेपालगन्जका लागि छुटेको यात्रु वहाक बस दैलेख सिस्नेमा दुर्घटना भएको छ । दैलेखमा भएको दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको प्रहरी कार्यालय दैलेखले जनाएको छ । कालिकोटबाट नेपालगञ्ज जादै गरेको बस कर्णाली नदीमा खसेको हो ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका २ सिस्ने भन्दा केही अगाडि कर्णाली क्रसर नजिकै म १ ख ६६० नम्बरको बस दुर्घटना भएको प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाईतेको उद्वार गरि उपचारका लागि सुर्खेत कालागाउ प्रदेश अस्पताल पुर्याईएको छ। प्रहरीका अनुसार बसमा झन्डै ५० देखि ६० जना सवार रहेका थिए। बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस बुधबार राति ८ बजेतिर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा धेरै जसो कालिकोट पलाताका परेका छन । कालिकोटको पलाता घाटाचौर देखि नेपालगन्जका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुदा
पलाँता गाउँपालिका धेरै जसो नागरिक घटनामा परेका छन ।घटनामा घाइते हुनेहरूमा
नौलासिंह बम, पर्स भण्डारी, पालसी भण्डारी, रुपा भण्डारी,फुल्थुङ्गा बम, बिल्ली रोकाया, अजदल बम,जिबिना बम, हरिशंकर प्याकुरेल, धिर रोकाया, उज्जल बम, सुर्य रोकाया, मिमराज बिक,हरि प्याकुरेल, विशाल शाही घाईते भएका छन ।
पचालझरना-: नबराज सञ्जाल , कल्पना संन्ज्याल, टंक प्रसाद सन्ज्याल, करिश्मा सन्ज्याल,रतन बहादुर ऐडि शुसिला कठायत, हिक्मत बोहरा । बाजुरा साप्पाटाका
जनक भण्डारी रहेका छन ।