सुर्खेत / नव निर्वाचित नगर प्रमुख धर्मराज शाही ( पोषण ) सहीतको टोलिले रास्कोट ७ पोखरीकोटमा बन्न लागेको एकीकृत नमुना बस्ति को अनुगमन गरेको छ । नगर प्रमुख धर्मराज शाही (पोसण) वडा न . ४ का वडा अध्यक्ष दिनेश सन्ज्याल वडा न .७ का वडा अध्यक्ष कपुर महतारा सहित प्रशासन प्रमुख जवान सिंह बम र प्राविधिक प्रमुख ईन्जिनियर नरेश शाही , प्राबिधिक विशाल रोकाया लगाएतको टोलिले अनुगमन गरेको हो । यश अघि महेन्द्र शाहीले कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका बेला सुबिधा सम्पन्न एकीकृत नमुना बस्तिको अबधारणा अनुसार वडा न. ७ मा १०० घर धुरी निर्माण गरी बसोबास बसाल्ने योजना बनेको थियो । ५ करोडको लागतमा बन्ने नमुना बस्तिमा खानेपानि बिजुलि,सरसफाई ,बिद्यालय र पुस्तकालयका साथै अन्य पुर्वाधार पनि निर्माण हुने छन ।बेलाबेला स्थानिय बिवादमा परेको यो योजना यो भालु बर्समा भने घर निर्माण हुन सुरू गरिएको छ । सो योजननको अनुगमन गर्दै नगर प्रमुख शाहीले आफ्नो कार्यकालमा यो नमुना बस्तिले सार्थकता पाउने बताईएको छ ।