रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालीकोट,मुगु ,जुम्ला र हुम्लाका कमाण्ड इन्चार्ज पुर्व मुख्यमन्त्री तथा तत्कालीन माओवादी सेनाका डिभिजन कमाण्डरलाई पार्टी स्थायी कमीटीमा नसमेटेको भन्दै सर्बत्र बिरोध , माओवादी अध्यक्ष प्रचण्ड र प्रभाकरको ध्यानकेन्द्रित गराउदै समर्थक

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ जना पोलिटव्युरो सदस्यहरूको नामावली बैठकमा प्रस्ताव गरेका छन । प्रस्तावमा कर्णालीका कहलीएका भनिएका नेताहरु पनि पोलीटब्युरोमा पर्न नसके पछी कर्णालीका माओवादी समर्थक नेता तथा सुभचिन्तकहरुले प्रचण्डको कडा शब्दमा बिरोध जनाएका छन । त्यतिकै कर्णालीका पार्टी स्थायी कमिटी सदस्यमा प्रतिनिधित्व गर्ने प्रभाकरको पनि बिशेस गरी बिरोध गरेका छन । कर्णालीको कालीकोट र जुम्लामा रहेका नेता कार्यकर्ताहरुले कालीकोटका महेन्द्र शाही र जुम्लाका नरेश भण्डारी किन पोलीटब्युरोमा अट्न सकेनन भन्दै बिरोध जनाएका हुन । प्रस्ताबित नामहरु सामाजिक संञ्जालमा पोस्ट गर्दै माओवादी केन्द्रका जिल्ला स्तरका नेता तथा कार्यकर्ताले जनयुद्धमा महत्वपुर्ण भुमिका खेलेको रोल्पा,रुकुम जस्तै कालीकोट हो कालीकोटबाट दुइ पटक निर्वाचन बिजयी भएर एक पटक संघिय सरकारको उर्जा मन्त्री र दोस्रो पटक कर्णालीको मुख्यमन्त्री बनि सकेका हाल कालीकोट मुगु र जुम्ला हुम्लाको कमाण्ड इन्चार्ज समेत समाली रहेका पुर्व माओवादी सेनाका डिभिजन कमाण्डर महेन्द्र शाही समेत पोलिट ब्युरोमा नपरे पछि उनि सर्मथक नेता कार्यकर्ताले माओवादी भित्र बिधिबिधान र सिस्टम नहुदा संगठनमा चरम नोकरसाहीपन हाबि भएको र तानासाही प्रबृती देखिन थालेको भन्दै प्रचण्डको ध्यानकेन्द्रीत गराएका छन । माओवादी केन्द्रका कर्णाली प्रदेश कमीटी सदस्य समेत रहेका कालीकोट पचालझरना गाउँपालीकाका पुर्व अध्यक्ष खड्गराज सेजुवालले कर्णालीको पार्टी भित्रै अर्को पार्टी बनाउने भन्दै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका छन । महेन्द्र शाहीको समर्थनमा माओवादी केन्द्र भित्र मात्र नभै अन्य राजनितीक दल तथा समाज सेवामा क्रियाशिल ब्यक्तिहरुले पनि कर्णालीमाथिको अर्को उपनिबेस कायम भएको भन्दै बिरोध जनाएका छन । माओवादी छाडेर एमालेबाट उमेदार बनी कालीकोट तिलागुफामा उप प्रमुख जितेका एमाले नेता मेहन्द्र शाहीले पनि महेन्द्र शाही प्रतिको अन्याय सहन नहुने र नेपालको राजनितिकमा पुर्बेली दवदवाहा रहेको भन्दै हिजो अर्थमन्त्री माथी संसदमा घेरा हाल्नु र आज कर्णालीको राजनितिक लिडर पोलिट ब्युरोबाट हट्नु कर्णाली प्रतिको उपनिबेस अजैे कायम रहेको भन्दै प्रतिक्रिया दिएका छन । यता उनि सर्मथक पत्रकार कालीकोटमा रहेको रेडीयो प्रदेश आवाजका संन्चालक रत्न कार्कीले त प्रचण्ड र प्रकाण्डलाइ एक खुल्ला पत्र लेख्दै कालीकोट र कर्णालीको यो देसको राजनितिकमा के पुगेन भन्दै प्रतिप्रश्न गरेका छन । उता पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ निकट नेता ब्यवसायी लक्ष्मी भट्टराइले कर्णालीलाई औपनीबेसिक कामय राखे सहन नसकिने भन्दै प्रक्रिया दिएका छन । अनेरास्वबियुका केन्द्रीय सदस्य मनसिह शाहीले महेन्द्र शाही पोलिट ब्युरोमा नपरेको भन्दै बिरोध जनाएका छन । प्रचण्डको प्रस्तावमा पोलिट ब्युरो भएका नेताहरुको नाम सार्वजनिक भए संगै कालीकोट हुम्ला जुम्ला र मुगुका नेता कार्यकार्ताले कडा सब्दले बिरोध गर्दै सामाजिक संञ्जाल रंग्याएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !