असार मसान्तमा कालिकोटमा रहेका सरकारी कार्यालयले गैर न्यायीक भुक्तानी गरेका छन । बार्गेनिङ नमिले पछि एक हप्तामै खाता बन्द र खोल्ने काम पनि कतिपय कार्यालयले गरेका छन । उपभोक्ताको खाता रोक्का गर्दै भुक्तानी दिए को कमिसन उठाउदै खाता खुलाएको उपभोक्ताहरूले बताएका छन । कार्यालयले बैकमा रहेका उपोक्ता समितिका खाता, बिना कारण पहिला रोक्का गर्यो त्यस पछि खुलाउन खोज्दा उपभोक्ता मारमा परेका छन । बिना कारण खाता रोक्का र खुलाउने गरेका कारण बैकमा हरेक उपभोक्तासमितिले प्रति योजना खाता रोक्का र संन्चालन गरे बाफत ५ सय तिर्नु परेको उपभोक्ताको गुनासो छ । यसरी भुक्तानी दिनेका सबै भन्दा बढी सामाजिक बिकास कार्यालय परेको छ । सामाजिक बिकास कार्यालयले प्रदेश सरकार मार्फत संन्चालनमा रहेका बिद्यालयका भवन , फिल्ड निर्माण लगाएतका कामहरूमा भुक्तान गर्दै खाता रोक्का गरेको हो । कति पय कार्यालयले उपभोक्ताको खातामा बजेट हाल्नु अघि खाता रोक्का गर्ने भुक्तानी दिए पछि खाता खोली दिने काम पनि गरेका छन । उपक्तालाई खाता रोकेको र खोलेको पनि थाहा नभएको एक उपभोक्ता समितिका अध्यक्षले रेडियो प्रदेश आवाजलाई बताएका छन । बैकमा खाता खोल्ने र बन्द गरेको बिषय राबा बैकले ५ सय रूपैया कटौत गर्न थाले पछि मात्र कार्यालयको यो बदमासि बाहिर आएको हो । असार मसान्तमा खाता बन्द गर्दै योजनाको भुक्तानी गर्ने काम गैर न्यायीक मानिन्छ । कालिकोटको प्रदेश सामाजिक बिकास कार्यालयले जिल्लाका विभिन्न २१ वटा बिद्यालयका खाता एक तर्फ बन्द गर्दै भुक्तानी दियो र हाल सम्म पनि खाता संन्चालनमा नआएको स्रोतले बताएको छ । योजनाको रकम खातामा हाले पछि खाता रोक्का गर्नु पर्ने अबस्था किन आएको उपभोक्तालाई जानकारी नै नभएको र सोही कारण हप्तौ सदरमुकाममा बस्नु परेको उपभोक्ताले जनाएको छ । सामाजिक बिकास कार्यालयले बैंकलाई लेखेको पत्रको कैफियतमा कार्यसम्पन्न बाकि रहेको भनेेर लेखेको छ । असार मसान्तको तोकिएको डेटलाइनमा कार्यसम्पन्न नभए बजेट फिर्ता हुने ब्यवस्थालाई लत्याउदै सामाजिक बिकास कार्यालयले गैर न्यायीक भुक्तान दिएको छ । उपभोक्ताले बैंकले हरेक समिति बाट ५ सय खाता संन्चालन र बन्द गरेको पैसा लिन थाले पछि उपभोक्ताको गुनासो अनुसार हामीले बुझ्दा बैंकले सम्बन्धित कार्यालयको पत्रका आधारमा बैंकले नियमानुसार लिएको बताएको छ । समाजिक बिकास कार्यालयले २१ वटा बिद्यालयमा काम सम्पन्न नहुदै कामको भुक्तानी दिएर खाता बन्द गरेको छ । १० लाख देखि ३२ लाख सम्मका २१ वटा योजनामा करोडौं रकम अनियमित भुक्तानी गरेको हो । जिल्लाका अन्य धेरै कार्यालयहरूले पनि यसै गरि कार्यसम्पन्न नहुदै भुक्तानि दिएको बताईएको छ ।यता सामाजिक बिकास कार्यालयका प्रमुख शिवसंकर चौलागाईले बजेट अख्तियारी ढिला आयो ,बिद्यालयका भवन बन्दै छन अन्तिम चरणमा छन तर बजेट फ्रिज गराई दिदा समुदायले झमेला गर्ने भएकाले बिद्यालयको खातामा भुक्तानि गरेर बन्द गरेको स्वी्वीर गर्नु भयो । उहाले रेडियो प्रदेश आवाज संग कुरा गर्दै बजेट भुक्तानि दिएर खाता रोक्का गर्नु गलत नियत नभएर उपभोक्ताको मर्म बुझेर गरेको बताउनु भयो