ललरास्कोट नगरपालिकाले गाउसभा मार्फत ल्याएको नीति तथा बजेट कार्यक्रम कार्यान्वयनमा लिन सुरू भएको छ ।नगर सरकारले गाउँसभा मार्फत मेयर हेल्थकेयर , सामाजिक सुरक्षा भत्ता र पञ्जिकरणका कामहरू अनलाइन मार्फत गर्दै पेपरलेस नगरपालिका घोषणा गर्ने नीति लिएको थियो । सोही कार्यक्रम अन्तर्गत आज रास्कोट ९ थोल्म टोलबाट चिकित्सकिय सेवा सहित मेयर हेल्थ केयर कार्यक्रम र ब्यक्तीगत घटना दर्ता कार्यक्रम घरदैलोमा एक साथ सुरू गरेको हो । नगरले थोल्ममै पञ्जिकरणका कामहरू अनलाइन मार्फत गर्न सुरू गरेको हो । नगरका प्रबक्ता समेत रहेका वडा नं ९ का वडा अध्यक्ष धन ब धामीको अध्यक्षतामा एक कार्यक्रमकाबिच सुरूवात गरेको हो । समन्वय समितिका सदस्य सुर्जा फडेराको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख धर्मराज शाही (पोषण )उप प्रमुख मनिराज बराल पञ्जिकरण साखा प्रमुख हुकुम शाही र रास्कोट अस्पतालका प्रमुख डाक्टर भोजराज बम लगाएतका चिकित्सक हरू सहभागी रहेको कार्यक्रममा बृद्वबृद्वा देखि महिला तथा आम नागरीकको स्वास्थ्य चेकजाँच गरिनुक।साथै बिवाह, मृत्यु,जन्म ,बसाइसराई जस्ता घटना दर्ताका काम गरेको हो भने , सोही टोलमा मेयर हेल्थकेयर कार्यक्रम अन्तरगत दम, गर्भवति चेकजाँच एक्सरे सेवा प्रदान गरिएको हाम्रा सहकर्मी उपाध्यायले बताउनु भयो । नगर सरकारका नीति तथा कार्यक्रम साकार गर्न लागिएको बताउदै नगर प्रमुख शाहीले नागरीकले सेवा लिन अड्डा अदालत धाउनु नपर्ने घरघरमा पुर्याइने बताउनु भयो । एक्सरे, दम प्रेशर, सुगर लगाएत रोगको चेकजाच गरिएको बताईएको छ ।घर दैलाे सेवा दिन लागे पछि रास्काेट नगरपालिकाकाे वडा न ९ काे टोलका स्थानिय खुसि भएका छन । कार्यक्रममा १७० जनाकाे स्वास्थ्य परिक्षण गरिएको छ ।ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत अनलाइन सेवा घरदैलो सम्पन्न भए पछि आगामि १५ गते देखि नगरको नीत कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता घरघरमा पुगेर बितरण गरिने सामाजिक सुरक्षा तथा पञ्जिकरण साखा प्रमुख हुकुम शाहीले बताउनु भयो ।