रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बोयर बाख्रा रास्कोटका हरेक किसानको गोठमा पुर्याइने : नगर प्रमुख शाही

रास्कोट नगरका प्रमुख धर्मराज शाही पोषणले रास्कोट नगरको सम्भावना र उत्पादन भनेकै कृषि र पशुपालन भएकाले यहाँको सरकारले उन्नतजातको बाख्रा र कृषिमा लगानी गर्न खोजि रहेको बताउनु भयो। नगरको उच्च लेकाली भेकमा रहेका योजना र त्यहाँको वस्तुस्थितिको अध्ययन भ्रमणका क्रममा ताम्तिलेखमा पुग्नु भएका मेयर शाहीले त्यहाँ रहेको बुद्व बोयरबाख्रा फमको अनुगमन गर्दै मेयर शाहीले बोयर बाख्रा रास्कोटको निर्यात गर्ने मुख्यश्रोत हुने बताउनु भयो । ताम्तिलेखमा रहेको रास्कोट ९ का किसान लाल ब ऐडीको बुद्व बोयर बाख्रा पालनफमको अनुगमन गर्दै नगर प्रमुख शाहीले रास्कोटको पहिचाहन बोयरबाख्रा र त्यसको मासु हुने बताउनु भयो । उच्च शारीरीक बृद्विदर भएको बोयर जातको बाख्रा तीन वर्षमा दुईपटक बच्चा जन्माउन सक्ने र मासु पनि कोलस्ट्र ाेल हुनेह रूको लागि खान अतिउत्तम हुने भएकाले यसको मासु बजारमा खपत दर बढी रहेको र किसानहरूको आकर्षणको केन्द्र बनेको रास्कोट पशुसाखाका प्रमुख कुल प्रसाद न्यौपानेले बताउनु भयो । सानो लगानिले मनग्य आम्दानि लिन सकिने भएकाले नगरले आव  २०७५/०७६ मा दुई लाख नगरको र दुईलाख स्वयम किसानको गरेर ४ लाख लागतमा स्थापना भएको बाख्राफमले उत्पादन दिन थालेको छ । देखि हालसम्म रास्कोट नगरले लगानी गरेको बोयर बाख्रा पालन अहिले किसानको आकर्षणको केन्द्र बनेको बताउनु भयो । लेकाली भेकको जंगल र जटिबुटीको अबस्था र सिचाई कुलो र खानेपानी  मुहानका साथै कृषि तथा तरकारी खेतीको अनुगमन गर्न त्यहाँ पुग्नु भएका नगर प्रमुख शाही र नगरका प्रवक्ता वडा नं ९ का अध्यक्ष धन बहादुर धामी महानले बोयर बोका उत्पादन श्रोतकेन्द्रको अनुगमन पछि पशुसाखाको एक उत्तम काम भएको बताउनु भयो । नगर सरकारले उत्पादनका क्षेत्रमा लगानी गर्ने उदेश्यले अनुगमन गरिएको नगर प्रमुख शाहीले रेडियो प्रदेश आवाजलाई बताउनु भयो ।कृषकलाई परेको संकट बुझ्नुका साथै उनिहरूलाई पशुपालन , कृषि र जडिबुटीमा आकर्षण गर्न लेकाली भेकको अनुगमन गरिएको नगर प्रमुख शाहीले बताउनु भयो ।तिन दिन सम्म नगर प्रमुखको टोली लेकाली भेकमा अनुगमन सकेर फर्केको अनुगमनमा सहभागी पशुसाखा प्रमुख कुल प्रसाद न्यौपानेले बताउनु भयाे । नगर प्रमुख शाहीको टोलीले नगरको पशु साखाले लगानी गरेर स्थापना गरेको बाेयर बाख्रा फमको अनुगमन गरेको बताइएको छ । सरकारले पुन आब २०७८/०७९ मा  १५ लाख पशु साखाले प्रधान्मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्रा पकेट विकास कार्यक्रम, बाख्राको साना ब्यवसायी कृषि उत्पादन केन्द्र कार्यक्रमको सहयोगमा बाेयर बाख्रा उत्पादन थालेको थियो । पकेट क्षेत्र विकास कार्यक्रम अन्तरगत पशु साखा रास्कोटले १५ लाख चालू आवमा पनि बुद्व बाेयर बाख्रा स्रोत केन्द्रलाई अनुदान दिएको र त्यसको पनि अनुगमन गरेको अनुगमनमा सहभागी रास्कोट पशु साखा प्रमुख कुल प्रसाद न्यौपानेले बताउनु भयो । बुद्व बाेयर बाख्रा उत्पादन केन्द्रले उत्पादन गरेको बाख्रा निरक्षण पछि कृषकको प्रयास सफल काम भएको मेयर शाहीले बताउनु भयो ।कृषक लाल एेडीले संन्चालन गरेको बाख्रापालन फमले यो वर्ष मात्र ६ लाख को बाख्रा बेचेको उहाँले बताउनु भयो । ६ लाख ६५ हजार को पशु सेवा साखाले खरिद लगानी गरेकोबाख्रा अन्य किसानलाई अनुदान दिएको न्यौपानेको भनाइ छ ।सुरूमा १० वटा बाख्रका लागि ४ लाख लागत साजेदारिमा नगरले सहयोग गरे पनि अहिले फममा ४५ बाख्रा रहेका छन कृषकको काम देखेर फममा अहिले थप १५ लाख बजेट बिनियोजन गरेको समेत बताइएको छ। २० प्रतिशत रकम लागत साजेदारिमा १५ लाख अनुदान दिएको र त्यसको उत्पादन नगरपालिका भरी फैलाउने योजना रहेको साखा प्रमुख न्यौपानेले बताउनु भयो । टोलीले ,भिरकुलो र खातिकुलो रास्कोट बृहत् खानेपानीको मुल पहिचाहन लगाएतका समस्या समाधान गर्न मुल निरिक्षणको काम पनि गरिएको बताइएको छ ।तिलेलिखोला मुल र गेरू खोला मुल समेत निरीक्षण गरिएको हो । शुद्वता नाप्ने र सफा पानी दिने काम नगर सरकारले गर्ने शाहीले बताउनु भयो। लेकबस्तिमा रहेका योजना अनुगमनसंगै मुल निरिक्षण गरिएको हो । आधारभुत विद्यालय लेकबस्तिको समेत अनुगमन गर्नु भएको हो । गडिगाउँ पुल दुधेशिल्ला आधारभुत विद्यालय ,जंगल जडिबुटी र लेकबस्तिमा पाइने प्राकृतिक सौन्दर्यताको अनुगमन गर्नु भएको बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !