कालीकोटका वालविवाहको अवस्था, न्युनिकरण र रोकथामका बिषयमा सरोकारवाला बिच समन्वयात्मक वैठक सम्पन्न भयको छ । जिल्लामा वालबिवाहका घटना लुकिछिपि वढिरहेको अवस्थामा त्यसको रोकथामका लागि सबै पक्षसग छलफल गर्ने उदेश्यले बैठकको आयोजना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको अध्यक्षतामा आयोजित बैठकमा जिल्लाका सबै सरोकारवालाहरूको सहभागिता रहेको थियो । सेभद चिल्डेन किर्डाक नेपालले जिल्लाका केही स्थानिय तहमा वालविवाह न्युनिकरण, बाल अधिकार, वालसरक्षणका साथै बिधालय बाहिर रहेका बालवालिकाको क्षेत्रमा समेत काम गरिरहेको छ । सेभद चिल्डेनका वालअधिकार अधिकृत वाले बिश्वकर्माले किर्डाक सगको समन्वयमा तिलागुफा र शुभकालिका गाउँपालिकामा बालविवाह घटेको बताउनुभयो । बिवाह घटेपनि बिवाह गरेका किसोरकिसोरीले पढाइ भने छोड्दै गएको बताउनुभयो । आफुहरूले काम गरिरहेको दुईपालिकाको छ महिनाको तथ्याँकले बालविवाह तीन प्रतिसत गरेको देखिएको बताउनुभयो । बालविवाह हुनुमा अबिभावकहरूको पनि झुकाप रहेको तथ्याँकले देखाएको छ । प्रहरी, प्रशासन र बालविवाह न्युनिकरणका अभियान्तालाई छल्ने गरिएको छ । मोवाईलको उच्च प्रयोग, घर खर्चमा कमि ल्याउन, साथिहरूको प्रभाव, द्वन्द्व भईरहने घरपरिवारका कारणले बालविवाह हुने गरेको छ । सचेतीकरणको अभाव भएका परिवारका वालवालिकाले बिवाह गर्ने गरेको अध्यानले देखाएको छ । सादा नेपालले पलानको सहयोगमा रास्कोट नगरपालिका, शान्नित्रिवेणी, र नरहरीनाथ गाउँपालिकामा किर्डाक नेपाल, हुरून्डेक नेपालसगै काम गरिरहेको छ । कार्यक्रम सयोजक दलसिह कुमालले स्थानिय तह नेटर्वकमाफत वालविवाह न्युनिकरणका क्षेत्रमा काम गरिरहेको जानकारी गराउनुभयो । काम गरिरहेको स्थानिय तहमा बालविवाह खासै नरोकियको बताउनुभयो । प्रयास सबै गरिएका छन । तर अपेक्षाअनुसार प्रतिफल नआएकाले स्थानिय सरकारले विशेष योजना बनाउनु पर्ने सुझाव दिनुभयो । तीन स्थानिय तहमा १४ सय वालवालिका जोखिममा रहेको तथ्याँकमा देखिएको छ ।