- कालिकाेट श्रवण १० ~ कालिकाेट जिल्ला रास्काेट नगरपालिकामा रहेकाे रास्काेट अस्पतालकाे नगर प्रमुख धर्मराज शाहि (पाेषण)ले अनुगमन गर्रानु भएको छ । उहाले रास्स्काेट अस्पतालका विभिन्न संरचना र त्यसले प्रवाह गर्ने सेवाको अनुगमन गर्नु भएको हो । अस्पताल जाने सडक देखि बिभिन्न संरचनाको अनुगमन गर्नु भयो । रास्काेट अस्पतालमा भरखरै जडान भएको सौर्यउर्जा, लगाएत अस्पतालका भौतिक संरचनाको अनुगमन गर्नु भएको हो । अनुगमन मा रास्काेट अस्पतालमा सब पोष्टमाटम पछी राख्ने सबगृह र पाेस्टमाटमका लागि उचित ब्यवस्थापन गरिने नगर प्रमुख शाहीले बताउनु भयो । रास्कोट अस्पतालको बिकास ,यातायातपहुचमा अस्पताल जोड्ने , एम्बुलेन्स सेवा सुचारू , गाउघरमा स्वास्थ्यसेवा दिन मेयर हेल्थकेयर कार्यक्रम मार्फत चिकित्सकिय सेवा घरदैलोमा दिन जस्ता। अति राम्रो कामसुरू भएको रास्कोट अस्पतालका प्रमुख डाक्टर भोजराज बमले बताउनु भयो । अस्पताल पुगेका नगर प्रमुख शाहीले नगरका जनताको गाँस चुडेर अस्पतालमा लगाानि गरिरहेकाले जनताले स्वास्थ्यसेवा नपाएको गुनासो सुन्न नपरोस भन्दै मेयर शाहीले साधनस्रोत नगरले दिने र स्वस्थ्यसेवामा लाप्रबाही गरे त्यसको जिम्मा सम्बन्धित अस्पतालले लिने भन्दै गुणस्तरीयसेवाका लागि आफुतत्पर रहेको प्रतिक्रिया दिनु भयो ।