कालिकाेट ~रास्काेट नगरपालिका ईलाकाको एक भौगोलिक सुगम्ता भएको नगरपालिका रास्कोट हो । यहाँ सडक शिक्षा र स्वास्थ्य तथा कृषिमा अथाह बिकास गर्न सकिने सम्भावना रहेका छन । शुसासनलाइ जोड दिदै पुर्वाधार बिकास र उत्पादनमा लगानि गर्ने सोच तयार गरेको नगरपालिकाले शुसासनका लागि इन्टरनेट पहुच जरूरी रहेको भन्दै नगरभित्रका सबै टेलिफोन टावर संन्चालनमा ल्याउने नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो । बर्सौ निर्माणाधिन अबस्थामा रहेका नेपाल टेलिकमका टावर एक हप्ताभित्र संन्चालनमा ल्याउने र त्यसमा फ्रोजि सेवा सुचारू गर्ने नगर प्रमुख शाहीको ताकेता पछि नेपाल टेलिकमले निर्माणको काम धमाधम थालको छ । टेलिकम कार्यलय संगकाे नियमित छलफल पश्चात टावरकाे काम संन्चालनमा आएको नगर प्रमुख शाहीले रेडियो प्रदेश आवाजलाइ बताउनु भयो । केही दिनमै अब रास्कोटमा 4G / टेलिफोन सेवा नियमित हुने उहाले बताउनु भयो ।रास्काेट १ डाडज्युलामा रहेकाे टावरमा काम सुरु भएको र क्रमशः आर सि पि मा वजारमा र घाेडादाउनिकाे टावर पनि संचालनमा ल्याइने नगर प्रमुख शाहीले रेडियो संग कुरा गर्दै बताउनु भयो । रास्कोट नगरमा यश अघि माओवादीकै नेता कासिबराल नेतृत्वको सरकारले हरेक वडा वडामा सेवा दिईरहेको वल्डलिङ ईन्टरनेट प्रदायक कम्पनिलाइ हटाउदै आफ्नै ईन्टारनेट सेवा दिने भने पछि त्यहाका नागरिक ईन्टरनेट सुुबिधावाट बन्चित रहेका छन । वारलेस प्रबिधिलाइ हटाएर पोल ठोक्दै तार बिछाए पनि अहिले ईन्टानेट सेवा सुचारू हुन सकिरहेको छैन । करोडौ रकम खर्चेर खरिद गरेको ईन्टारनेट के कारणले सेवारत हुन सकेन यो भने खोजिको बिषय बनेको । इन्टरनेट नहुदा नगरका नागरिक महंगो रिचार्ज गरेर फ्रोजि चालाउन बाध्य छन । फ्रोजि पनि नचल्ने भए पछि नागरिक सुचना प्रबिधिको जमानामा सुचनाबाट बन्चित हुनु परेको नागरिकले बताएका छन ।