कालिकाेट– नेकपा माओवादी केन्द्रका नेता, माओवादी संसदीय दलका नेता एवम पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंसिर चार गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यको पदका लागि उम्मेदवार सिफारिस भएका छन् ।
उनीसँगै बिस्णु बहादुर बिस्वकर्मा, रास्कोटका पूर्व नगरप्रमुख काशिचन्द्र बराल र लक्ष्मी प्रसाद चौलागाईंलाई आज बसेको वैठकले सिफारिस गरेको हो । यस्तै, समानुपातिक तर्फ गंगा खडका (पिछडिएको क्षेत्र ), तुलाराज बिक (दलित ) र मान बहादुर भण्डारी (खस आर्य) तर्फबाट सिफारिस भएका हुन । प्रदेश क तर्फ प्रत्यक्षमा दुर्ग बहादुर रावत सिफारिस भएका छन् ।
भने समानुपातिकमा यसोधा न्यौपाने सिफारिस भएकी हुन । यस्तै, प्रदेश सभा ख तर्फ जीवन बुढा सिफारिस हुँदा समानुपातिक तर्फ मिठु बम (महिला), हजा सुनार (दलित) र भानुभक्त सन्ज्याल(खसआर्य) सिफारिस भएका हुन ।