रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

अबिरल वर्षाले बिभिन्न ठाउँमा गएको पहिरोमा परी कालीकोट तिलागुफा नगरपालिका ४ का वडा अध्यक्ष सहित १८ जना बेपत्ता जिल्ला भर बेपत्ता हुनेको संख्या २१ पुग्यो

रत्न कार्की
२०७९ असोज २4 कालिकोट

कालीकोट तिलागुफा ४ राचुलीमा मलामी आएका १३ जना पहिरोमा पुरीएर बेपत्ता भएका छन । कालीकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार आइतबार दिउसो राचुली गाउँबाट तिलानदी छेउमा मलामी आएर लास जलाइरहेको ठाउँमा पहिरो खस्दा पहिरोमा परी वडा नं ४का अध्यक्ष समेत रहेका वर्ष ५६ का पर ब शाही र सोही गाउँका वर्ष ४१ मोतीलाल शाही, वर्ष २३ का प्रसान्त शाही, वर्ष ३३ का छत्र ब शाही, वर्ष २४ का नरेश शाही, वर्ष ५५ का धन ब शाही ,वर्ष ७६ का अली शाही ,वर्ष ५७ का मान ब शाही ,वर्ष २३ का खेमराज शाही, वर्ष २३ का भेष ब शाही , वर्ष २८ खगेन्द्र ब शाही, वर्ष ५५ का धन ब शाही, वर्ष ४७ का काली ब शाही पनि बेपत्ता भएका छन । उनिहरु सबै गाउँमा मृत्यु भएकाहरुको मलाम आएका हुन । तिलाकर्णाली नदी छेउमा लास जलाउदै गरेको बेलामा माथीबाट खसेको पहिरोमा पुरीएर सबैको ज्यान गएको र उनको खोजी र उद्धारका लागी पहल भैरहेको कालीकोट प्रहरीले जनाएको छ ।
पचालझरना ८ का पुरीलाल ऐडीको घर भत्किदा उनि पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यो सहित कालीकोटमा बाढी र पहिरोमा परी बेपत्ता हुनेको संख्या २१ पुगेको हो ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालीका ७ बालीगाउँ र राचुलीमा निरन्तरको वर्षाका कारण बाढी र पहिरो परी एक परीवारका ५ जना सहित १८ जना बेपत्ता भएका छन । स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवार बेपत्ता भएको प्रहरीले बताएको छ । तिलागुफा नगरपालीकाकै राचुलीमा पहिरोमा परी १३ जना बेपत्त भएका छन ।

आइतबार घरमाथिबाट खसेको पहिरोले घर बगाए पछि बालीगाउँका धुर्बराज विष्टकी ३५ वर्षीया श्रीमती ममता बिष्ट १५ वर्षीय छोरा भरत बिष्ट १३ वर्षीय छोरा कृपेश र ११ वर्षीया छोरी ज्यानी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएस्पी जयश्वर रिमालले बतानु भयो । उता सान्नित्रिवेणी गाउँपालिक वडा नं ८ को मुम्रामा जस केशीका छोरा वर्ष १५ का कवुल केशीको मृत्यु भएको छ । त्रिवेणीमा पहिरोले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको छ । ५ दिनदेखि लगातारको वर्षा नरोकिएका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । तिलागुफाकै वडा नं ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्ग अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !