रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट नगर सरकारले स्थानिय पाठ्यक्रम निर्माण गर्दै , बिज्ञ टोलि रास्कोटमा

हामी बनाउछौ हाम्रो नगर भन्ने नारा दिएको रास्कोट नगर सरकारले स्थानिय पाठ्यक्रम निर्माण गर्ने भएको छ । नगर सरकारले स्थानिय सरकारको स्वामित्वमा रहेको शैक्षिक क्षेत्रलाइ सुधार गर्न नगर सरकारले सय पुर्णाङकको स्थानिय पाठ्यक्रम निर्माण गर्ने भएको छ । शैक्षिक क्षेत्रमा क्रान्ति गर्ने बचनबद्वता दिएका नगर प्रमुख धर्मराज शाहीले बुधार रास्कोटमा एक बृहत् शैक्षिक गोष्ठि गर्ने बताउनु भयो । शैक्षिक गोष्ठीका लागी सहजिकरणका लागि बिज्ञ टोलि रास्कोट पुगेको छ । बिज्ञ टोलि संगको अनौपचारीक छलफलमा रास्कोटमा शैक्षिक सुधार गर्न पढ्दै कमाउदै ,नमुना बिद्यालय , शिक्षक क्षमता बृद्वीका कार्यक्रम गरेर शिक्षमा सुधार ल्याउने बताउनु भयो । जसका लागि बिज्ञ टोलि रास्कोट पुगि सकेको छ । मध्यपश्चिम बिश्वबिद्यालयका उपप्राध्यापक कमल सिह, लक्ष्मण सिह , पाठेक्रम बिकास केन्द्रका पाठ्यक्रम बिज्ञ सहित रास्कोटमा पुगेको छ । बिज्ञ टोलिलाइ रास्कोट नगर सरकार प्रमुख धर्मराज शाही पोषण , नगर कार्यकारी जवान सिह बम शिक्षा साखा प्रमुख खेमराज शाही लगाएतले स्वागत गरेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !