रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सान्नी त्रिबेणीका अध्यक्ष मोहन ब केसीद्वारा सडक अनुगमन

सान्नी त्रिवेणी गाउँपालिकाको गौरवको योजना रकु मुम्रा निर्माणाधिन सडकको पालिका अध्यक्ष मोहन बहादुर केसीले अनुगमन गर्नु भएको छ । रकु मुम्रा निर्माणधिन सडक खण्डको अनुगन गर्दै अध्यक्ष केसीले पालिकाको बिकासका लागि पुर्वाधार प्रमुख रहेको बताउनु भयो । रकु देखि गाउँपालिका जोड्ने र गाउँपालिका देखि मुम्रा जोड्ने सडक खण्डको अध्यक्ष केसीले अनुगमन गर्नु भएको हो ।
रकु देखि गाउँपालिका सम्म जोड्ने सडक खण्ड अन्तर्गत गाउँपालिका देखि वडा नं. ३ को वडा कार्यालय सम्म सडकको ट्रयाक खोलिएको छ भने वडा कार्यालय देखि कालढुंगा सम्मको ट्रयाक खोल्नका लागि ५० लाख रकम विनियोजन गरि उपभोक्ता समिति समेत गठन भईसकेको वडा नं. ३ का वडा अध्यक्ष रंगलाल देवकोटाले जानकारी दिनु भयो । उपभोक्ता समिति गठन गरेर काम गर्ने क्रममा केहि स्थानियले आफ्नो घर जोखिममा पर्ने भन्दै विवाद निकालेका थिए । त्यसको सामाधान खोजिने वडा अध्यक्ष कसीले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्राविधिक सहितको टोलिले स्थानिय सँग छलफल गरि विवाद समाधान गरेको छ गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । सडक खन्ने क्रममा ३ वटा घर जोखिममा रहने देखिएपनि घरलाई कुनै असर नपार्ने गरि सडक खन्ने सहमति गरेर काम संचालन गरेको केसीले बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाले रकु देखि मुम्रा सम्मको सडक खण्डलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
उक्त सडक खण्डलाई छिटो निर्माण गर्नका लागि आज वडा नं. ३ मा पुगेर त्यहाँका स्थानिय सँग छलफल गरेको केसीले बताउनु भयो । साथै वडा नं. ३ मा रहेको विद्याज्योती माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्दा एकलौटि गरेको भनेर आएको गुनासोका विषयमा समेत आज अध्यक्ष केसीले छलफल गर्नु भएको छ । सम्वन्धित विद्यालयमा पुगेर त्यहाँका अभिभावक सँग छलफल गरेर उक्त कुराको जानकारी लिएको अध्यक्ष केसीले बताउनु भयो ।
साथै अभिभावकहरुले विद्यालयको पछिल्लो अवस्थाको शैक्षिक गुणस्तरका विषयमा पनि राम्रो प्रतिक्रीया दिएको र वडा अध्यक्षको थप सक्रियता रहेको वारेमा अभिभावकले जानकारी गराएको उहाँको भनाई छ । साथै राष्टिपति शैक्षिक सुधार कार्यक्रमको अनुगमन सँगै स्थानियको गुनासो समेत सुनेको बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि यहाँको नागरिकहरुको जिवन स्तर उकास्नका लागि आफुहरुले सम्पुर्ण नागरिकहरुको साथ र सहयोगको अपेक्षा लिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !