रास्काेट ~ संघियता पछि सिहदरवारको अधिकार गाउँ मा पुग्यो भनेर अधिकारको बिकेन्द्रियताका आधारमा स्थानिय सरकार अधिकार सम्पन्न बने पनि अधिकार गाउमा नभइ साबिक गाउँ बिकास समिति वाट पाइदै आएको सेवासुबिधा साबिकको एक वा दुई गाबिस मिलेर बन्ने गरेको केन्द्रित भएजस्तो नागरिककले महसुस गरेका छन ।
पहिले बृद्वभत्ता सचिवले वडावडामा घरघरमा क्यास बोकेर दिने गर्थे हरेक सेवासुबिधा गाबीस कार्यालयवाट पाइन्थ्यो तर अहिले पालिका केन्द्रवाट दिने हुदा ती सेवा संघ र प्रदेसको तुलनामा बढी अधिकार सम्पन्न बनाइए पनि सेवा प्राप्तिको दुरी साबिकको भन्दा बढेको छ । यही परिबेसलाइ मध्यनजर गर्दै जिल्लाकाे रास्काेट नगरपालिका र प्रशासनिक भवनवाट पर्वाह हुने सेवा एक दिन घुम्ति शिबिर मार्फत घरआगनमा दिने जस्ता महत्वपुर्ण कामहरू निरन्तता दिदै आयकाे छ।
रास्कोट नगरले सबै भन्दा पहिला बैक सहित घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गाउघरमै सामाजिक सुरक्षा भत्ता दिन थालिएको छ । यसै गरि आज रास्काेट नगरपालिका वडा नम्बर १/२/३ मा सामाजिक सुरक्षा भत्ता बितरण गरेकाे छ। भत्ता बैंकमा आएर लिनु पर्ने बाध्यता अन्त्य गर्दै घरघरमा बितरण सुरू गरेको छ । नगर प्रमुख धर्मराज शाहि (पाेषण),उप प्रमुख मनिराज बराल र ग्लाेबल बैंकका कर्मचारि लगायत घरमै पुगेर सामाजिक भत्ता बितरण गरेका छन । वडा नम्बर १ बाट बितरण सुरू गरियकाे छ ।
कार्यक्रममा प्रत्यक्ष सेवा लिने ८७बर्षिया पिउलि टमट्टा र ८५ बर्षिया काली ब शाहि ले बुढेसकालमा बसेर खान र स्वास्थ्य उपाचार पाउनु काे साटाे दुईदिन लगायर भत्ता बुझ्न जानू पर्ने थियो नगर सरकारले घरमा अायर बुझाउदा खुसि भएको भन्दै धन्यवाद समेत दिनु भयकाे छ । यसरी सबै वडामा सामाजिक सुरक्षा भत्ता बिरण गरिने छ। अब यशै गरि अब आउने वर्ष मा ५८ वर्ष माथिका सबै नागरिक लाई घर घरमा नगर सरकार गयर भत्ता वितरण गरिने नगर प्रमुख धर्मराज शाहि (पाेषण)ले खबर कर्णाली लाई बताउनु भयकाे छ।