रास्काेट~ नगरपालिका मा लौगिक समान्ताको बलियो आधार
सिर्जनात्मक प्रविधिमा महिला पहॅुचको बिस्तार ! भन्ने मुल नारा का साथ सुरु भएकाे छ। रास्काेट नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वति वलि बिष्ट काे अध्यक्षता र नगर प्रमुख धर्मराज शाहि (पाेषण)प्रमुख आथित्यता र नगर उप प्रमुख मनिराज बराल काे विशेष आथित्यता मा अन्य अथिति विभिन्न शाखा प्रमुख राजनिति दल का प्रमुख तथा प्रतिनिधित्वमा ११३ औँ अन्तराष्ट्रिय नारी दिवस मनाईएकाे छ।उक्त कार्यक्रम मा बाेल्दै रास्काेट नगरपालिका प्रमुख धर्मराज शाहि (पाेषण)ले यस्ताे बताउनु भएकाे छ।
आमा रुपका जीवित देवी हुन तर यो समाज यती ग्रसित छ कि २१ औ शताब्दिमा पनि #बोक्सिको आरोपमा मानव का मलमूत्र खुवाईन्छ,समाजका संरचनामा रहेका दुष्टहरुवाट दिनहु महिला हरु #कुटिन्छिन #पिटिन्छिन अनि अपमानित पनि हुन्छिन ! गाईलाई लक्ष्मी भनेर पुज्ने यो समाजले नारीकै अस्मिता निरन्तर लुटिरहेको हुन्छ । कमजोर कानुनी प्रवधान अनि नेपाली समाजको पैतृक लैंगीक संरचनाका कारण दैनिक महिलाका हिंसाको घटनाहरु सार्वजनिक हुन्छन !
संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका बराबर हुनुपर्दछ , त्यसैले, समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गरौँ ! यो व्यवहार एक व्यक्तिबाट सुरु हुन्छ र समाजमा अभ्यास हुन्छ । लैङ्गिक समतामूलक समाज निर्माण गर्नका लागि प्रतिबद्ध बनौँ । साथै, नेतृत्व लिन र स्विकार्न तत्पर रहौँ। हरेक अवस्थामा मानव-अधिकारको सम्बोधन हुने गरी महिलाको नेतृत्वलाई सुनिश्चित गर्ने प्रतिबध्दताका साथ ११३ औँ अन्तराष्ट्रिय नारी दिवस को सबै नगर बासि दिदी बहिनीहरुलाई शुभकाना ।दिनु भएकाे छ। उक्त कार्यक्रममा मुख्य गरि तलका विघा र विषय बस्तुहरुमा
वक्तित्व कला :- विवहा वारि २० वर्ष पारी. सडक नाटक :- महिला हिशाँ न्यूनिकरणमा हाम्राे भुमिका
देउडा :-लैङ्गकि समानताका लागि आर्थिक सशक्तीकरण
का कार्यक्रम गरि मनाईएकाे छ।