रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट नगरमा एक घर एक धारा अन्तरगत सुरक्षित खानेपानि पुर्याउन छलफल, हेल्भेटासले ८ सय घरधुरीमा खानेपानि पुर्याउदै

रास्कोट नगर सरकारको एक घर एक धारा निर्माण गरि ३१ सय घरधुरीमा सुरक्षित सफा खानेपानि पुर्याउने लक्ष्य अन्तरगत हल्भेटासले विभिन्न बस्तिका ८ सय घरधुरीमा सुरक्षित सफा खानेपानि पुर्याउने भएको छ । रास्कोट नगरका ३१ सय घरधुरीमा धारा जडान गरि समुदायको पानिमा पहुच पुर्याउने योजना अन्तरगत सुरक्षित खानेपानि पुर्याउन परियोजनाले रास्कोट नगरका सरोकारवालासंग छलफल गरेको हो । हेल्भेटासले ८ सय घरधुरीमा खानेपानि पुर्याउने हेल्भेटासले जनाएको छ ।जस अन्तरगत व डा नं ८को सिम खानेपानि योजना पलातिवाडा , उपरगाउ खानेपानि योजना अन्तरगत डाडा दर्जी टोल खानेपानि ५४ घरधुरीलाई र झापे कुना खानेपानि योजना अन्तरगत बाखरकोट टोल वडा कार्यालय दर्जि टोलका २६५ घरधुरीमा एक घर एक धारा जडान गरि त्यहाका समुदायलाइ घरघरमा सुरक्षित सफा खानेपानि पुर्याउने बताईएको छ । रास्कोट ७ को नमुना बस्तिका ६० घरधुरी माथिल्लो कोलिगाउका ५० घरधुरी र मुसेकाडा तामाकोट बस्तिका १२० स्युना कर्णाली टोलका १२० र फुकोट ९ १२० धुरीमा खानेपानि पुर्याइने बताईएको छ ।
हेल्भेटास नेपालले हुरेन्डेक कालिकोटसंग समन्वय गरेर एस अघि एक घर एक धारा अन्तरगत वडा नं ५ , १ ,२ मा ३५० घर मा धारा जडान गरिसकेको छ । आगागी ५ बर्समा सुरक्षित समुदायलाइ खानेपानि पुर्याउने योजना अनुसार सुजरल्याण्डको च्यारिटी वाटर कार्यक्रमको सहयोगमा हुरन्डेक कालिकोटको स्थानिय साजेदारी अन्तरगत योजना कार्यान्वयन हुन लागेको , हुरेन्डेकका फिल्ड संयोजक नरेस दर्जीले बताउनु भयो ।रास्स्कोटमा २५ प्रतिशद नगर सरकारको र ५५ प्रतिशद परियोजनाले बेहोर्ने गरि योजना लागू हुने बताउनु भयो । केही समुदायको साजेदारीमा सम्पन्न हुने परियोजनामा ५ बर्षमा ८ सय घरधुरीमा सुरक्षितखानेपानि पुर्याउने योजना रहेको नरेश दर्जिको भनाइ छ । नगर सरकारले सहजीकरण गरेर काममा बाधा बेवधान नभए यसै बर्ष बजेट रास्कोटमा खर्च गर्ने गरि योजनाको पुर्ण सर्भेक्षणको काम हुने दर्जीले बताउनु भयो । नगर प्रमुख धर्मराज शाहीको कार्यकक्षमा भएको छलफलमा खानेपानि समुदायको लागि दिगो बिकासको रणनिति अनुसार लागू हुन लागेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !