कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७७/ ०७८ मा बिनियोजित १ करोड बजेट हिनामिना भएको भेटिएको छ । कर्णाली प्रदेश सरकारले पलाताको घाटाचौरमा फेरि निर्माण गर्न तत्कालिन कर्णाली प्रदेश सरकारले १ करोड बिनियोजन गरेको थियो । ०७७/०७८ मा बिनियोजन रकम मध्य गाउँपालिका मार्फत ५१ लाख भुक्तानी भएको भेटिन्छ । तर घाटाचौरमा रहेको फेरी जडान स्थलमा कुनै माटो खोर्सेको समेत देखिदैन । कर्णाली नदी फेरी निर्माण उपभोक्ताका नाममा ५१ लाख भुक्तानी गरेको देखिन्छ , योजना निर्माण समितिको अध्यक्षमा पलाता ३ का बिरजित रोकाया र सचिव अंगसुर बिक रहेका छन । समितिले भने फन्डिसन खन्ने लगाएतका कामहरू भएको र सूरूमा आएको पैसा सरसमानलाइ दिएको दाबि उनिहरूको छ । पछी तिनै आफुले काम गरेको पैसा समेत नपाएको गुनासो गरीरहेका छन । उपभोक्ता समितिका अनुसार समितिका नाममा भुक्तानी भएको बजेट पनि सरसामानका लागि दियौं तिनै फन्डीसनको काम गर्ने कामदारलाई पैसा पनि दिन नसकिएको एक समितिका पदाधिकारीले बताएका छन ।समितिका अध्यक्ष बिरजित रोकाया, सचिव अंगसुर बिकले चेक काटेर दिएको देखिन्छ । त्यहा न फेरी छ न त्यहा कुनै सरसामान छ । फेरि हाल्ने योजना स्थलमा कुनै काम भएको पनि छैन ।