बिगत बर्षमा जिल्लामा बाढीले गरेको क्षेति एकिन गरी राहात बितरण गर्न र भाबि बिपदको पुर्व तयारीका लागि जिल्ला बिपद ब्यवस्तापन समितिको बैठ बसेको छ । जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको अध्यक्षयतामा बैठक बसेको हो ।
बैठकलाइ सहजीकरण गर्दै सबै कागजात पुगेका पिडितले क्षेतिपुर्ति पाइसकेको र कागजात नपुगेका कारण भुक्तानि गर्न कठिन भएकाहरूलाइ आबश्यक कागजात पुर्याइ भुक्तानि देने निर्णयमा पुगिएको प्रजिअ माझीले बताउनु भयो । बिपदका लागी आएको पैसा सबै निकाय र सरोकारवाला जिम्मेवार नहुदा पैसा थन्किएर बसेको तर बितरण हुन नसकेको बताउनु भयो । बैठकमा पलाता गाउपालिका अध्यक्ष बिष्णु ब रोकाया इन्द्रले पलातामा तीन ठाउमा बस्ति स्तान्त्रण गर्नु पर्ने अबस्था रहेको बताउनु भयो । स्तान्त्रणका लागी स्थानियले मानिरहेका छैनन् एकीकृत बस्तिको मापदण्ड अनुसार सार्ने काममा सहयोग भए ब्यवस्थापन गर्न सकिने बताउनु भयो । बर्षात नलाग्दै बिपदको पुर्व तयारी र ब्यवस्थापन गर्न बैठकमा छलफल हुन जरूरी रहेको छ रोकायाले बताउनु भयो । बिगतमा पुर्व तयारी नहुदा जोखिम बढेको र क्षेति बढी भएको प्रजिअ जोरासिंह माझिले बताउनु भयो । त्यसका लागि स्थानियतह चनाखो बन्न आग्रह गर्नु भयो ।सम्भाबित जोखिम एकिन गरेर राख्न र बिपद उद्वार सामाग्री पुर्व तयारी व्यापक गर्न आग्रह गर्नु भयो ।आबश्यक उपचार ,ओैषधी खाद्यान्न तयारी गर्न अनुरोध गर्नु भयो । मान्छे बाढीले बगाउदा हेरेर बस्नु पर्ने अबस्था रहेको प्रजिअ माझिले बताउनु भयो ।
बैठकमा सहभागी राप्रपा केन्द्रीय सदस्य तथा पुर्व जिबिस उपसभापति सत्य ब शाहीले रिपोट एकिन सत्य तथ्य हुनु पर्ने बताउनु भयो ।
पलाता अध्यक्ष बिष्णु ब रोकाया इन्द्रले नाइवाडा र सुनावाडाका ५५ घरधुरी र धौलागोह र छलाहा , कमबस्ति र नेटा उच्च जोखिममा रहेको बताउनु भयो । पालिकामा ७० लाख बिपद कोष छ त्यो न्यून रहेकाले त्यसले केही समस्या सामाधान नहुने बताउनु भयो ।
दोहोरो फाइल कतिपय डबल पर्ने कागजात ,कहि टिपेक्स लगाउने गरिएको कहि फर्जी कतै प्रहरीको रेकड भन्दा फरक आउने भएका कारण र आबश्यक कागजात नआउने गरेको कारण बितरणमा ढिलासुस्ति भएको प्रजिअ माझीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी अध्यक्षरहेको समितिमा प्रहरी प्रमुख डिएस्पी जयश्वर रिमाल ,स्थानियतहका पालिका अध्यक्ष प्रमुख अध्यक्ष र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत र जिल्ला स्थित कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैठकमा तिलागुफा नगर प्रमुख संकर प्रसाद उपाध्यायले नौ वटा बस्ति उच्च जोखिममा रहेका छन । स्थानियले बस्ति स्तान्त्रण हुन नमानेको कारण समस्या सामाधान गर्न नसकिएको बताउनु भयो । नगरमा बजेट छैन बजेट स्थानियतहले भन्दा माथि देखी तलसम्म सुधार गर्नु पर्ने बताउनु भयो ।बैठकमा आगो निभाउने कपडा, घैटी बेल्चा पन्जा अनिवार्य हुनु पर्ने र पानिमा लाइभ ज्याकेट जरूरी हुने बताउनु भयो ।
सान्नित्रिबेणीका अध्यक्ष मोहन ब केसीले रास्कोटवाट बग्ने तुसार खोला र सान्नित्रिबेणीको काब्रिखोलाले ठूलो मानबिय बस्ति जोखिममा पारेको बताउनु हुँदै सान्निको ७ र रास्कोट १ लाई संकट क्षेत्रग्रस्त क्षेत्र घोषणा गर्ने भनिएको थियो त्यो काम हुन नसकेको बताउनु भयो । ७७ को बाडीले गरेको क्षेतीको राहात पाउन नसकेको भन्दै पुन ७९ को क्षेति थपियो पालिकाको वडा नं ७ का मात्रै २० घर बगायो परिवार पालमा छन तर सान्नित्रिर्बेणीबाट भुक्म्प पिडितको फम भरेर कसरी आयो अनुसन्धान गर्न र फम भर्दा गरिएको तुर्टीको जिम्मा कस्ले लिने हो कार्वाही गर्न प्रशासनलाइ आग्रह गर्नु भयो ।अहिले पनि २९४ पिडित छन तर आङसिकको पुर्ण पुर्णको आङसिकमा परेको उहाले बताउनु भयो
शुभकालिका गाउपालिका अध्यक्ष गोबिन्द आचार्यले बिपदमा अन्तरपालिका समन्वय हुनु पर्ने बताउनु भयो । पालिकामा ७९ घरधुरी पुर्ण क्षेति भएका छन केही बढी घर आङसिक क्षेतिमा छन घरघरमै पुगेर निरक्षण गरेको थिय तर कार्यान्वयनमा समस्या भयो । नजिक भन्दा दुर्गममा राहात बितरणमा आनाकानि भएको बताउनु भयो। ३२ घर बनाउने एकीकृत बस्तिको ३ घर लागे टिन छानाको काम हुन सकेन ७ लाख गाउपालिकाले राहत बितरण गरेको राहातमा सहयोग गरेको र अजै बितरण हुन जरूरी रहेको बताउनु भयो ।
रास्कोटको ९ का अध्यक्ष धन ब धामिले रास्कोटको एक वडावाट अर्को वडामा जान कठिन भयो । रास्कोटले घर बिमा गरेको छ । दर्जन बढी खोलाको बाढीले बस्ति सबै जोखिममा छन । लेकालि बस्ति बिस्तार , बाटो निर्माण डोजरको प्रयोगले क्षेत्रि भयो । १५२ पुर्ण र १६२ आङसिक क्षेति छन । वडा नं ३ को दलित बस्ति र वडा नं ८ को बाइति बस्ति उच्च जोखिममा रहेको बताए ।
बिपद भयो भनेर तीन महिना पछि लिएर ड्राइफुड बितरण गर्न नदिने बताउनु भयो ।
महावैका प्रबक्ता पदम सिहले मादकाघाटमा बिपद जोखिमले बिकास निर्माण भत्के जस्ले जिल्लाको बेइजत छ राजमार्ग खुल्ला राख्ने उपचार गर्ने बन्दोबस्त गर्न अनुरोध
डिएस्पी गत बर्ष असोजको बाडिमा प्रहरीले जोखिम मुचुल्का उठाउन जादा जनप्रतिनिधि सहभागितामा बनाएको छ । अजै मुचुल्कामा गल्ति भए कार्वाही हुने बताउनु भयो ।