रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

खाडाचक्रका मेयरको पसुशाखालाइ निर्देशन ओैषधि खरिद गरि तयारी अबस्थामा रहनु

कालिकोट जिल्लाको नरहरिनाथ गाउपालिका १ कोटवाडामा पसु चौपायामा फैलिएको अज्ञात रोगका कारण दर्जन बढी किसानका गोरू मरेको खबर बाहपरीय संगै खाडाचक्र नगरका केयर कमल ब शाहीले नगरको पसु साखा प्रमुख पुर्ण गिरीलाइ कार्यकक्षमा बोलाएर किसानका हरेक पसुलाइ पुग्ने गरि ओैषधी खरिद गर्न र पसु प्राबिधिकहरूलाइ तयारि अबस्थामा रहन निर्देशन गर्नु भएको छ । तर पसुचिकित्सा संग सम्बन्धित निकाय जिल्ला पसु अस्पताल र गाउपालिका सरकार बेखबर बनेको खबर बाहिरीएका बेला नगर प्रमुख शाहीले तत्काल ५ लाख बजेट ब्यवस्थापन गरि ओैषधी खरिद गर्न लागिएको बताउनु भयो । पालिका स्थित पसु साखालाई निर्देशन गर्दै दुई महिना कर्मचारी र जनप्रतिनिधिको सेवा सुबिधा रोकेर ओैषधी खरिद गर्न लागिएको बताउनु भयो । पछि श्रोत भर्ना गरि तलव खान्छौ अहिले किसानको पीडा सामाधान गर्न पसु ओैषधी खरिद ेको मेयर कमल बहादुर शाहिले बताउनु भयो ।
यता जिल्लाभर पसुहरूमा अज्ञात रोग फैलिएरको छ ।नरहरिनाथका किसान पसु प्राबिधिक ,चिकित्सक र ओैषधि सम्म नपाएर हैरानिमा परेका छन । त्यहा जादा ओैषधि छैन पसु प्राबिधिक बाेलाऊँदा पसु चिकित्सक छैनन् भनेर जवाफ दिएको युवा सितल बिष्टले बताउनु भयो ।जनताकाे ठुलाे क्षेति भएको छ राज्यका निकाय र पालिका सरकारगैर जिम्मेवार बनेका छन बिष्टले बताउनु भयो।
नरहरीनाथ गाउपालिका साबिक काेटवाडाको डिके धारि डाँडा पाेरि हँसाला लगाएतका क्षेत्रमा किसानले पालेका गोरूहरूमा गलो सुनिने ,शरिरमा गिर्खा आउने , -याल निकाल्ने र घाँस नखाने र थरथरी कापेर मर्ने गरेको बिष्टको भनाइ छ । गाेर्खे कठायत, दमन बिष्ट, पंख बिष्ट लगाएतका किसानहरूका गोरु मरीसकेको बिष्टको भनाइ छ ।यश बिषयमा जिल्ला पसु अस्पतालका प्रमुख प्रेम प्रसाद अधिकारीको सम्पर्क गर्दा जिल्लाभर १ सय ६२ पसु मरेको १ हजार भन्दा बढी मरेको रिपोट छ ज्वरो घटाउने समेत ओैषधि छैन उहाको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !