रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट सेराचौरमा बलेरोजीव दुर्घटना दुइजनाको मृत्यु , एक गम्भिर घाइते

कालिकोट जिल्ला रास्कोट नगरपालिका २ सेराचौरमा आज बिहानै भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ग ३ च ४६१० नं को बलेरो जिप दुर्घटना भएको हो ।दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक गम्भिर घाइते भएको खबर छ । कालिकाेट जिल्ला रास्काेट नगरपालिका वडा न. २ सेरा बजारमा स्टाट गरि न्युटल अबस्थामा रोकेर राखेको डवलक्याप बलेराे गाडी सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिनु भयो । गाडीमा सवार रास्काेट वडा न. १ लहरेलाका निवासी बर्ष ४२ का मन बहादुर शाही र उनका श्रीमती बर्ष ३६ कि मन कुमारी शाहको घटना स्थलमै मृत्युु भएकाे हो । अर्कि सवार रास्कोट नगरपालिका १ निवासी बर्ष ३० कि रिता शाही गम्भिर घाइते भएका छन ।
घाइते रिता शाहीको उपचार रास्कोट अस्पतालमा भैरहेको छ ।
सेरा बजारमा जिप दुर्घना हुदा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन ।
सेराबजारको वषपार्क मा गाडी स्टाटमा राखेर चालक जुता लगाउन भन्दै बाहिर निस्केका थिए ।
घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ । त्यहा उपचार सम्भवन नहुने भए पछि थपउपचारका लागी हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !