रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

लक्षित बर्गकेन्द्रित नीति र बजेट ल्याउन दलित महिलासंघको स्थानियतहलाइ आग्रह

स्थानियतहमा संरक्षण सेफगार्डिङ संयन्त्र सम्बन्धि बैठक सदरमुकाम मान्ममा सम्पन्न भएको छ । होटेलहिल्साईट मान्म कालिकोटमा युरोपियन युनियको सहयोगमा पलान इन्टरनेस्नल नेपालको सहयोगमा दलित महिलासंघ फेडो कालिकोटले कार्यक्रमको आयोजना गरेको हो ।
दलित महिला संघका अध्यक्ष हजा सुनारको अध्यक्षयतामा र जिसस उप प्रमुख मिना रावत बिकको प्रमुख आथित्यथामा कार्यक्रम सम्पन्न भएको हो । खाडाचक्र नगरपालिका प्रमुख कमल ब शाही नरहरिनाथका अध्यक्ष नगेन्द्र बिष्ट,उपाध्यक्ष कमल शाहा , खाडाचक्र नगरका उपप्रमुख गणेश शाही माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा खड्का लगाएत नरहरिनाथ र खाडाचक्रमा दलित महिलाको प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरूको पनि सहभागिता थियो । कार्यक्रमा दलित महिला संघका राम ब बिकले स्वागत गर्नु भयो भने
परियोजना गतिबिधिबारे परियोजना संयोजक रमेश नेपालिले परियोजना बारे जानकारी दिनु भयो । परियोजना कालिकोटका चार स्थानियतहका १६ वडामा क्रियाशिल रहेको छ । दलित पलान ईन्टरनेश्नलका कबिता चापागाइले परियोजना बालबालिका,दलित महिला र युवामा केन्द्रित रहेको बताउनु भयो ।जिल्ला समन्वयका उपप्रमुख मिना रावत बिकले खाडाचक्र नगरका प्रमुख कमल शाही खाडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारले जातिय विभेद र बालिवाह न्युनिकरणका सवालमा चर्चा गर्नु भयो । कार्यक्रम समापनका क्रममा बोल्दै संस्थाका अध्यक्ष हजारसुनारले नेपालमा कानुनि दृष्टीमा ब्यवस्था रहे पनि कार्यान्वयनमा विभिन्न बाहानाबाजीमा पिछडिएको क्षेत्र दलित महिलालाई अधिकारबाट बन्चित गरिएको बताउनु भयो ।हाम्रो आवाज हाम्रो रोजाइ भन्नेउधेश्यले स्थानियतहको बजेट आउनु पर्व लक्षित बर्ग केन्द्रित नितिकार्यक्रम तयार,होस भनेर यो गोष्ठी आयोजना गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !