रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

खाडाचक्र नगरपालिका १ को सार्वजनिक सुनुवाइ, खानेपानि समस्या सामाधान र शिक्षा ,स्वास्थ्य, कृषिमा नागरीकको प्रश्नै प्रश्न ?

जनताबाट उठेको करबाट सन्चालित हरेक सार्वजनिक निकाय र सेवासुबिधा लिइरहेका जनप्रतिनिधि र कर्मचारी जनताप्रति उत्तरदायि र जवाफदेही बनाउन खाडाचक्र नगरपालिका १ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । खाडाचक्र नगरपालिका र वडा नं १ को कार्यालयबाट पाउनु पर्ने सेवा सुबिधा सहज पाए नपाएको के तपाइलाई त्यहाँ कार्यरत कर्मचारी र जनप्रतिनिधिले निर्विवाद दिएका पा नदिएको योजना र मागको प्राथामिकिकरण कसरी गरिन्छ जस्ता बिषयमा सार्वजनिक सुनुवाइ गरिएको हो । अथवा एक वर्षमा उक्त वडामा नागरिकका लागि राज्यको माथिल्लो निकायबाट बजेट कति प्राप्त भयो कति खर्च भयो ।यस वडामा कति कर उठ्छ कर नियमसंगत छ या बजेट कार्यान्वयन कसरी हुन्छ के कस्ता अनियमित छन त्यस बिषयमा सार्वजनिक सुनुवाइ भएको हो ।
आव २०७९/८० को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ भएको हो ।खाडाचक्र नपा १ का सम्पुर्ण सेवाग्राही नागरिक , राजनितिक दल समाजसेबि, शिक्षक ,बुद्विजिब , उपभोक्ता समिति , निर्माण ब्यवसायी वनसमिति आमासमूह , युवाक्लव सबै क्रियाशिल सामाजिक संघसंस्थाका प्रतिनिधि सबैको उपस्थिति रहेको खुल्ला समीक्षा तथा सार्वजनिक सुनुवाइमा मान्म खानेपानी ,पनञ्चदेव माबिले कक्षा ११,१२ मा ४६ सय विद्यार्थीबाट शुल्क अशुलेको , कृषि ,वन र प्रयटन क्षेत्रको बजेट प्रभाकारी कार्यान्वयन हुन नसकेकोमा टिकाटिप्पणी गरिएको थियो । प्रमुख जवाफदेही बक्ता गणेश ब शाही (आकास )
वडा अध्यक्ष धर्मराज ताम्राकार, प्राबिधिक साखा प्रतिनिधि हेमराज बिक कृषि साखा प्रतिनिधि गगन टमट्टा ,
वडा सचिव सारदा शाह, मान्म खानेपानी उपभोक्ता समितिका सचिव रमेश नेपाली , कार्यालय प्रमुख भिम बिक लगाएतले जवाफ दिएका छन ।
चिनारी आधारभूत बिद्यालय खाडाचक्रमा आयोजित कार्यक्रमको खाडाचक्र नगरपालिका वडा नं १को कार्यालयले आयोजना गरेको हो भने सहजिकरण तथा प्रत्यक्ष प्रशारण रेडियो प्रदेश आवाज 94 मेघाहर्जले गरेको थियो ।सार्वजनिक सुनुवाइमा वडा सचिव सारदा शाहले चालू आब २०७९/०८० को वडामा सन्चालनमा रहेका योजना ,प्राप्त बजेटकोबारे जानकारी दिनु भयो भने वडा अध्यक्ष धर्मराज ताम्राकारले योजना कार्यन्वयनमा जानुपुर्वको अबस्था र योजना कार्यान्वयन पछिको फोटो राखेर तयार पारिएको प्रगति प्रतिबेदन प्रोजेक्टर मार्फत सुनाउनु भयो । यो चालू आबमा स्वयम् नगरपालिका र अन्यवडाले समेत सार्वजनिक सुनुवाइ गर्न नसकेको अबस्थामा खाडाचक्र नगरपालिका वडा नं१ ले सार्वजनिक सुनुवाई भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !