रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा गोवारी गर्दै माओवादी नेता पुर्व मन्त्री टेक बहादुर बस्नेत

केही वर्ष पहिले कर्णालीका गाउँमा गुहार भन्ने चलन थियो । घर निर्माण गर्दा दार ढुवानीमा गोवारी , खेतवारीमा मल बोक्दा गुहार अर्थात त्यस्ता दर्जनौ छिमेकीलाई पर्ने सारो अफ्ठेरो समाधानमा गुहार भन्ने चलन थियो । अहिले त्यो चलन हटी सकेको छ । त्यस संगसंगै समुदायका मानिसमा सामुहिक भावना पनि हराउदै गएको छ । मानिस आजभोली निशुल्क अर्कोको काम गर्न मन नपराउने भएका छन । मानिसहरूको समाजमा त्यो सामुहिक भावनाको परम्परा पैसाले निमिट्यान्न पारेकाे छ ।
त्यस प्रकारको परम्परालाई माओवादीले थालेको जनयुद्वमा विभिन्न खालका कम्युन निर्माण गर्नुका साथै जनश्रमदान गरेर जनतासंगै जोडीएर जनसंगठन निर्माण गर्ने गर्दथ्यो । पछि शान्ति प्रकियासंगै हटेको यस्तो प्रकारको जनशैली माओवादी नेता कार्यकर्तामा पनि देखिन छाडेको थियो । तर कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ले हाल चलाइरहेको माओवादी विशेष रूपान्त्रण अभियानले बिउताइ दिएको छ ।
माओवादी केन्द्रका प्रभावशाली नेता पुर्व मन्त्री टेक ब बस्नेत सल्यान घर भएका माओवादी नेता हुन्। उमेरले पनि पाकोभइसकेका बस्नेत माओवादी केन्द्रभित्र अनुभवी र सरल तथा सहज स्वभावका इमान्दार नेताभित्र गणना हुन्छन् । यति बेला माओवादी केन्द्रले थालेको ३ महिने घरघरमा माओवादी जनजनमा माओवादी , माओवादी विशेष रूपान्त्रण अभियानका लागि कालिकोट कार्यक्षेत्र लिएर कालिकोटका जनताको घरघरमा पुगिरहेका छन्। कार्यशैलिगत हिसाबले राम्रो जनशैली कायम गर्ने नेता बस्नेतलाई देखेर कालिकोटका नागरीक चकित परेका छन् । उनको तीन महिने अभियानको समय अवधिको कार्ययोजना अनुसार कालिकोटका सबै स्थानियतहमा पुगेर पार्टी निर्माणमा देखिएका समस्या र चुनौतीको सामना कसरी गर्ने ,भावि योजना पार्टीले कसरी निर्माण गर्ने र पथपर्दशक सिद्वान्त बिचार निर्माणमा नागरीक सुझाव अथवा धारणा लिईरहेका छन्। उनी जहाँ पुग्यो त्यहा आफै जनश्रमदानसंग जोडिएर काम गर्ने गरे पछि उनको यो कार्यशैलीको सामाजिक संञ्जाल देखी हरेक क्षेत्रमा प्रशंसा हुन थालेको छ । कालिकोटमा उनी जहाँ जुन पालिकामा पुग्यो त्यहाँका सहिद,बेपत्ता परिवार ,घाइते अपांग योद्वा र पुर्व पि. एल.ए लाई भेटेर सुझाव लिने र एक दिन सबै पार्टी नेता कार्यकर्ताको साथमा गरिब जनताको घर , खेतवारी र विकास निर्माणका साथै सरसफाइमा जनश्रमदान गरेर बिताउने गरेका छन् ।
पलाता र पचालझरनाका गाउँबस्तिमा सरसफाइ , विकास निर्माणमा जनश्रमदान गर्न खटिएका नेता बस्नेत बिहिबार नरहरीनाथ गाउँपालिका वडा नं ६ का प्रथम सहिद क नाैल्य बि .क .काे छाेरा जुल्फे बि .क .को घरमा पुगेर भेटघाट गरे र सहकर्मीको दलबल लिएर घर निर्माण गर्दै गरेका जुल्फे बिकलाई सघाउन दार ल्याउन हिडे उनको साथमा पार्टीका अन्य नेताहरू पनि सहभागी भए ।नरहरिनाथ गाउँपालिका इन्चार्ज काली ब महतारा, नेपाल दलित मुक्ति माेर्चा कर्णाली प्रदेश अध्यक्ष दिनेश चदारा, पालिका अध्यक्ष पैाराम बिक लागाएत वडा नँ ६ को पार्टी कमिटी साथमा लिएर नेता बस्नेत जनश्रमदान गर्न पुगे । जस्ले गर्दा जुल्फेलाई घर निर्माणमा ठूलो राहत पुग्यो । उनको सामाजिक संञ्जालमा फुलेको टाउको दार बोकि हिडेको फोटो सेर भए पछि सामाजिक संञ्जाल फेसबुक प्रयोग कर्ताले उनको सम्मान र प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !