रास्ट्रियसभा निर्वाचनमा पार्टी र आबद्व गठबन्धनका उमेेद्वारलाइ भोट हाल्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाइ हुइप जारी गर्दै नेकपा माओवादी केन्द्रको कर्णालि प्रदेश पार्टीको बैठक सम्पन्न भएको छ । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फवाट बिजेता पालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख ,उपप्रमुख र प्रदेश तथा संघका संसदहरूलाइ हुइप लाग्ने र गठबन्धनमा भोटिङ गराउने निर्णयमा पुगेको प्रदेश पार्टी अध्यक्ष बिमला केसीले बताउनु भयो । अध्यक्ष केसिले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीअन्तरसंघर्षको बिषयलाइ लिएर निर्वाचनमा मतदान नगरे वा बहिस्कारमा बसे कारण खोजेर पार्टीले निर्मम भएर प्रस्तुत हुने बताउनु भयो । उम्मेद्वार छनोट गर्दा गठबन्धनको मर्म र भावना अनुसार गर्नु पर्ने र कानुनलाइ टिकेर निर्णय लिनु पर्दा केहि कठिनाइ भए पनि राजनितिमा १ माघले जाडो नजाने भन्दै केसीले पार्टीको अनुशासन स्वीकार गरेर रास्ट्रियसभामा मतदान गर्न आग्रह गर्नु भयो । पार्टी पर्देश कमिटिको बैठक समापनका क्रममा अध्यक्ष केसिले राष्ट्रियसभा निर्वाचन मतदानमा भाडभैलो होस र माओवादीले जितेको जनप्रतिनिधिले पार्टीवाट कार्वाही गरेर खालि गरोस र चुनाव गरेर आफ्नो पोल्टामा परोस भन्ने ताकेर बसीरहेको अबस्थामा पार्टीप्रति उत्तरदायी भएर आफ्नो राजनितिक भबिश्य सुरक्षित गर्न आग्रह गर्नु भयो । तिन महिने पार्टीले सुरू गरेको घरघरमा माओवादी जनजनमा माओवादी माओवादी बिषेशरूपान्त्रण अभियानको ब्यापक समिक्षा गर्दै बैठक सम्पन्न भएको हो । अभियान समापन संगै पार्टी जिम्मेवारीलाइ पुर्ववर्तिरूपमै फर्काएको छ ।
बैठक समापनका क्रममा बोल्दै पार्टी पर्देश अध्यक्ष बिमाला केसीले सामाजिक सन्जालमा माओवादी जनप्रतिनिधिहरूको बिषयमा उठेको बहिस्कारको बिषय गम्भिर रहेको भन्दै माओवादीपार्टीबाट टिकट लिएर जितेको जनप्रतिनिधि ईमान्दार र कर्तब्यनिष्ट हुनु पर्ने बताउनु भयो ।
कानुनि ब्यवस्थापन अनुसार दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिलाइ सम्बन्धित पार्टीले निलम्बन गरे बिजेता पदपनि खारेज हुने ब्यवस्था छ ।