कालिकोट जिल्लामा कर्णाली प्रदेश स्तरिय ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याटमिन्टन संघ कालिकोटको आयोजनामा पहिलो पटक प्रदेशकै ठुलो पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो । जिल्ला सदरमुकाम मान्मको कवड हलमा माघ २६ गतेबाट हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार एक ११ सक पुरस्कार पाउँने छ ।
त्यस्तै उप विजेताले ३० हजार १ सय ११ र सेमिफाइनल सम्म पुग्ने दुई जोडले १५ हजार १ सय ११ नगदका साथै मेडलको समेत व्यवस्था गरिएको ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष बिरेन्द्र बहादुर शाही जानकारी दिए ।
जिल्लामा नियमित ब्याटमिन्टन प्रतियोगिता हुने गरेपनि यति ठुलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक हुन लागेको अध्यक्ष शाहीको भनाई छ । प्रतियोगितामा कर्णालीका दश वटै जिल्लाबाट खेलाडीहरुले टीम दर्ता गरी सहभागी हुन पाउने आयोजकले बताएको छ ।
कर्णाली प्रदेशका सबै १० वटै जिल्लालाई आमन्त्रण गरिने बताइएको छ । कर्णाली प्रदेशका कालिकोट,जुम्ला,जाजरकोट, दैलेख,सल्यान, सुर्खेत लगाएतका जिल्लाबाट सहभागिता हुने छन्।
कर्णाली प्रदेश स्तरिय ब्याटमिन्टन प्रतियोगिता भएकाले सबै तयारी थालिएको आयोजकले जनाएको छ । टिम दताए सुल्क ३ हजार राखिएको छ । प्रतियोगिता माघ २६ देखि २८ गते सम्म हुने जिल्ला ब्याटमिन्टन संघ कालिकोटका सचिब विनोद शाहीले जानकारी दिए
खेल क्षेत्रका सुधार ल्यउदै कालिकोटबाट केन्द्र सम्म प्रतिसप्रदागर्ने ब्याटमिन्टनको खेलाडि उत्पादन गर्ने र ब्याटमिन्टनलाई निरन्तरता दिने उदेश्यले कालिकोट कप सुरु गरीएको छ ।