रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकाकै पहिलाे वडा ७नम्बर वडा कार्यालय नगर प्रमुख शाही द्धारा उद्घाटन

टिकाराज उपाध्याय
रास्काेट नगरपालिका वडा नम्बर ७को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

रास्काेट नगरपालिकाका प्रमुख धर्मराज शाही (पाेषण)र उप–प्रमुख मनिराज बरालले भवनको उद्घाटन गरेका हुन्। नगरप्रमुख धर्मराज शाहीले ९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताए। ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख शाहीले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’

नि.  प्रमुख प्रशासकिय अधिकृत सुयिन्का न्याैपानेले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउँदा खुसी लागेको बताईन । उनले भने व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’ वडा नम्बर ७का वडा अध्यक्ष कपुर महताराले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !