कालिकोटको संकर माबिमा झण्डै चार सय बढी बालबालिका अध्ययनरत छन । सबै बालबालिकाले बिद्यालयमा बिद्यार्थी पोसाकमा एकरूप्ता ल्याउन बिद्यालयले स्कुल ड्रेस खरिद गर्यो । बावुआमा हुने सबै बालबालिकाले गार्जेन स्कुलमा ल्याय स्कुलले तोकेको पैसा बुझाए ड्रेस लगे तर तिन जना साहारा बिहिन बालबालिका जसले ११ सय स्कुल ड्रेसको पैसा नपाएर लिन सकेनन् त्यस पछि बिद्यालय प्रशासनको समन्वयमा रास्कोट निवासी नेपालगन्जका गार्मेन्ट सन्चालन गर्दै आएका भक्ति न्यौपानेले तिन वटा सेटको पैसा सहयोग गर्ने भने पछि उनलाइ बुधबार बिद्यालयका प्रधानाध्यापक मिना कार्कीले ति असाहय बालबालिकालाइ स्कुल ड्रेस हस्तान्तरण गरेको बिद्यालयका सुचना अधिकारी शिक्षक खेमराज गिरीले बताउनु भयो। जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको शंकर मावि विद्यालयमा अध्ययनरत तीनजना साहारा बिहिन बालबालिकालाई तीनसेट ड्रेस निःशुल्क उपलब्ध गराए पछि ति बालबालिकाको मुहारमा खुसी छाएको छ ।
साहारा विहिन बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै बिगत लामो समय देखि नेपालगंजमा रास्कोट मल्टिपर्पाेज गार्मेन्ट उद्योग संन्चालन गर्दै आउनु भएका रास्कोट ८ का भक्ति प्रसाद न्यौपानेले साहारा बिहिन बालबालिकालाइ निशुल्क ड्रेस सहयोग गरेकोमा बिद्याललयले धन्यवाद समेत दिएको छ ।
आर्थिक अवस्था कमजोर भएका कक्षा ९ मा अध्ययनरत बिमल गिरी ,कक्षा ८ मा अध्ययनरत पुस्प गिरी र कक्षा ३ मा अध्ययनरत नमुना गिरीलाइ हस्तान्त्रण गरिएको हो। ति बालबालिका अबिभावक बिहिन छन । बाबुको निधन पछी आमा दोस्रो बिहे गरेर गएकाकारण तिन भाइबहीनि मध्य जेठो छोरा बिमल गिरी भाइ र बैहिनिको अबिभावक बनेका छन । आफु अध्ययन गर्नेकी भाइ बहीनिको अबिभावकत्व निर्वाहा गर्ने भन्ने चुनौति रहेको छ । पठनपाठनमा सहजता ल्याउने उद्देश्यले सहयोग गरेकोे न्यौपानेको भनाई रहेको छ ।
हाललाइ छिमेकीको सरसापटमा नजिकको स्कुलमा अध्ययन गरिरहेका ति साहारा बिहिन बालबालिकाको उच्च शिक्षा हासिल गर्नेमा चुनौति देखिन्छ । हाल सम्म कसैले पनि सहयोग नगरेको उनको भनाइ छ ।