रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

राजश्व ब्यवस्थापन गर्दै आर्थिक तथा प्रशासनिक सुधार गर्न सूचना प्रबिधिको भरपुर प्रयोग गर्छौ : प्रशासकीय अधिकृत शाही

कार्यकारी नियुक्ती र सिफारीसमा बिवाद भए पछि गत श्रावण महिना देखी आर्थिक प्रशासनिक काम कार्वाही नियमित हुन नसकेको खाडाचक्र नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसंगै अबिराज शाहीले बिभिन्न काम कार्वाही सुधार हुन थालेका छन्। राजश्व प्रणालीलाई चुस्तदुरूस्त र पारदर्शी बनाउन डिजिटल प्रणाली अर्थात अनलाइन प्रणालीमा लिए पनि खाडाचक्रमा राजश्व अस्तब्यस्तनै थियो । हाल सम्म पनि खुद्रा पसलले पेन बिल काटे झै रसिद दिने गरेका कारण राजस्व पारदर्शी हुन नसकेको गुनासो आइरहेको थियो । सदरमुकामको नगरपालिकामा सबै भन्दा बढी आन्तरीक राजश्व संकलन हुनु पर्नेमा त्यसाे हुन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनु भयो । ११ वटै वडालाई अनलाइन राजश्व प्रणालीमा जोड्न दुइ दिने दिने onlinene राजश्व ब्यवस्थापन तालिम सुरू भएको छ । नगर उप प्रमुख गणेश बहादुर शाहीको अध्यक्षतामा र नि प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही  लेखा प्रमुख धिर ब शाहीको  उपस्थितिमा उद्घघाटन भएको तालिममा प्रशिक्षक कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बिकास थापा र बाणिज्य बैंकका प्रबन्धक गोरख ब शाही नगरपालिकाका सह लेखापाल पुर्णचन्द्र काफ्लेले तालिमको सहजीकरण गर्ने जनाइएको छ । कार्यक्रममा११ जना वडा सचिव , १६ जना शाखा प्रमुख र उपशाखा प्रमुखको सहभागीता रहेको छ। अब पुरानो परम्परावादी हाते नगदी रसिद बिस्थापन गरेर paperless digital राजश्व संकलन अभिलेखान्कन , बित्तीय जोखिम न्यूनीकरण तथा आर्थिक सुशासन कायम हुने बिश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिनु भयो । तालिम २ दिन चल्ने छ।
खाडाचक्रमा बिग्रेको के थियो के गर्दैछू : अबिराज शाही
नगरपालिका वडा र शाखाहरुमा उठ्ने राजश्वो रकम चुस्त दुरुस्त भै स्थानीय सन्चित कोष ब्यवस्थापन हुने र बार्षीक २ करोड राजश्व उठाउने प्रमुख प्रशासकिय अधिकृत शाहीले बताउनु भयो ।
यसका लागी ब्यवसायय कर र घरबहाल कर उठाउने सम्बन्धि कानुन बनाइ कार्यन्यनमा रहेको समेत जानकारील अधिकृत शाहीले दिए । तिन वटा कार्यबिधि बनि सकेको जानकारी दिदै खाडाचक्रको आर्थिक प्रशासनिक , कर्मचारी प्रशासन र राजश्व ब्यवस्थापन भए अरू हुने काम नियमित हुने उहाको भनाइ छ । आफु निमित्त प्रमुख प्रशासकिय अधिकृत भए पछी घरभाडा बेथिति घटाएको ,टियो खायो भने घरबिदा नपाउने ब्यवस्था छ तर दोहोरो सुबिधा लिनेको सेवा घटाए पछीनै आफु प्रति एग्रसिप बढेको उनले गुनासो सुनाए करार कर्मचारी अफिस नआउने को कहाको कर्मचारी हो कति छन उनिहरूकै पनि फरक फरक सेवा सुबिधा वाने गरेकोमा त्यो न्याचित गर्ने अठोट आफ्नो रहेको उहाको तर्क छ ।
राजश्व अनलाइन प्रणालिमा लिने , तलव र सेवा सुबिधा मुख हेरेर एउटै दर्जाको कर्मचारीलाइ कसैलाइ २० कसैलाइ १५ नहुने र सोही अनुसार तलव हाले त्यहि रीस आफु काथि फोडीयो शाहीले दुखेसो पोखे ।
प्राबिधिक फिल्डामा जान बिभिन्न समस्या थिए उनिहरूको समस्या सामाधान गराएर फिल्ड पठाएको छु के बिगाारे मन्त्रालयले जिम्मेवारी दिए आर्थिक प्रशासनिक कामकाज गरौला नभए प्रशासनिक काममा सुरूवाति देखि अनुभव भएकाले सुधार तिर लाग्ने बताउनु भयो ।
खाडाचक्रमा सवारी साधान कति हुन का छन कति खरिद भए त्यसको कुनै लेखाजोखा छैन अधिकृत शाहीले भने आफुले १ महिनामा चालक अनुमति नभएकाबाट बाइक खोसेर राखेको छु । यहाका कर्मचारी सरूवा भएर जाने तर सरसामान नबुझाउने ,ल्यापटप कम्युटर कति खरिद भए क्यामेरा का कति छन हिसाव किताव नगर्ने अवस्था थियो बिगत ५ बर्ष देखिका खरिद रेकर्ड र जेन्सी सामानको अवस्था हेर्दै छु सरकारी सम्पति सुरक्षा गर्नु मेरो जिम्मेवारी हो । संकेत गर्न खोजेको बिषय नखोले पनि ल्यापटप लिएर छोराछोरीलाइ दिने वाइक लिएर दाइभाइलाइ दिन मिल्दैन शाहीले भने ।
शाहीको तर्न छ नगरमा ८० जना कर्मचारी छन । को कहा छन जानकारी छैन पोसाकमा छैनन् कार्यालयमा आउछनकि आउदैनन् जानकारी छैन अब केही दिनमै डिजिटल हाजीरी प्रणाली बिहान बेलुका लगाउने ब्यवस्था हुन लागेको शाहीले बताउनु भयो ।
मन्त्रालयले आर्थिक प्रशासनिक कामकाज नदिए पनि दुइ महिनामा ५० प्रतिषद सम्झौताका कामहरू र नगरलाइ शुसासन तर्फ लिन लागि परेको शाहीले रेडियो प्रदेश आवाज संग सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !