रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नगर प्रमुख शाही द्वारा नयाँ बर्ष २०८२को शुभ संदेश

कालिकाेट -रास्काेट

रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही द्वारा नयाँ वर्ष २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका समस्त रास्कोट वासि एवं नेपाली आमाबुबा‚ दिदीबहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति‚ समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । मलाई विश्वास छ‚ नयाँ वर्ष हामी आफैँ माथि भरोषा र आशाको वर्ष हुनेछ । हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षा सहित नयाँ संकल्प गर्ने दिन हो ।
हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभवहरु छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपाल निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम नगरवासी एवं देश वासिमा विशेष अपील गर्दछु ।

संकल्प गरौं‚ सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने मात्र नभएर‚ राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछ । आशा छ नयाँ वर्षले रास्कोटवासी लाई पनि नयाँ सेवा प्रवाहमा जोड्ने छ । २०८२ राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनोस् शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !