रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्काेट नगरपालिकामा संचालित याेजनाकाे नगर उप प्रमुख बराल द्वारा अनुगमन 

टिकाराज उपाध्याय(आफन्त)२०८२/०३/१५

 

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकामा संचालित आयोजना तथा योजनाको आज नगर उप प्रमुख मनिराज बराल प्राविधिक शाखा प्रमुख बिनोद सुवेदी योजना शाखा जयराज बराल , स्थानिय पुर्वाधार सहयाेग कार्यक्रम (LISP) को टिम वडा प्राबिधिक सम्मिलित टोलिद्वारा तपशिलका याेजनाकाे
१. सल्ले ढुङ्गादेखि दमायाढुङ्गा सम्म पि सि सि बाटो निर्माण
२. रास्कोट फुकोट पोदमारा सडक निर्माण वडा न ८ को खण्ड
३.आधारभुत स्वास्थ इकाइ वडा न ७
४. बगाने सडक निर्माण
५. भात्तरि देखि देउरामालिका सडक निर्माण वडा न ८ को खण्ड
६. पलातीवाडा देखि डुङ्गृडाडा सम्म पि सि सि बाटो
७. शिव मन्दिर निर्माण
८. सार्वजनिक चौतारा निर्माण उप्रगाउँ
९. स्वास्थ कार्यालय देखि राताडुङ्ग्गा सम्म सडक निर्माण
१०. सानो बिजयपुर देखि चाउरिमाले हुँदै चाटेखोला सम्म सडक निर्माणकाे अनुगमन गरिएकाे छ।
अनुगमन गर्ने क्रममा नगर उप प्रमुख मनिराज बरालले भने स्थानीय विकासलाई प्रथामिकता दिँदै गुणस्तरमा कमी कमजोर हुन नदिनका लागी र कार्यको गुणस्तर, प्रगति र पारदर्शितालाई प्राथमिकता दिनका लागी आफुहरुले नगरपालिका भित्र रहेको विभिन्न योजनाको अनुगमनलाई तिव्रता दिएको र अनुगम नगरि कुनैपनि याेजनाकाे भुक्तानि नगरीने समेत उहाँले बताउनु भयो।

तस्बिर:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !