टिकाराज उपाध्याय(आफन्त) कालिकाेट
कालीकोटको पलाँता गाउँपालिकामा भएको एक दर्दनाक ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ।
पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न तथा खुद्रा सामग्री बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर पलाँता–२ राडुनेटा लार्फ भन्ने स्थानमा शुक्रबार राति करिब ११:३० बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख टेक बहादुर रावतका अनुसार, दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा:
१) चन्द्र प्रकाश रोकाया (२५), चालक, घर मुगु खत्याड–५
२) अम्बा शाही (२६), घर पलाँता–५
३) सदु बुढा (२१), घर पलाँता–४
४) रबिन्द्र बिक (२१), घर पलाँता–४ रहेका छन्।
दुर्घटनापछि राति नै कहरदेव अस्थायी प्रहरी चौकीबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल पठाइएको थियो। डीएसपी रावतका अनुसार, दुर्घटनामा परेका ट्याक्टरको नम्बर मेटिएको अवस्थामा रहेकाले खुल्न सकेको छैन भने ब्लुबुक समेत फेला परेको जनाईएकाे छ।
घटनाको भयावहता यस्तो थियो कि ट्याक्टरको इन्जिन सडकबाट करिब २०० मिटर तल खसेको थियो भने ट्रली ६०० मिटर तलको खोचमा पुगेको थियो।
ट्याक्टरका धनी जग्गी रोकाया रहेको जानकारी प्राप्त भएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएकाे छ।