समाजका लागी सबल कानुनि ब्यवस्था भन्ने उदघोषका साथ जिल्ला बार एकाई कालिकोटले कानुन दिवसका अवसरमा बिचार गोष्ठी आयोजना गरेको छ । जिल्ला अदालत कालिकोटका न्यायधीस डोलनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा र सबिधानसभा सदस्य तथा बरिष्ठ अधिबक्ता तुलाराज बिष्टको बिषेश आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाका राजनितिकदल, प्रमुख, सुरक्षा निकायका प्रमुख, र कार्यालय प्रमुख सहभागी रहेका थिए ।
जिल्लाबारका अध्यक्ष अमलराज शाहीको अध्यक्षयतामा भएको कार्यक्रममा नेपाली लोकतन्त्र र विधिको शासनको अवस्थाका बिषयमा आफ्ना बिचार प्रस्तुत गर्दै कानुन दिवसको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमका बक्ताहरूले लोकतन्त्र ल्याउनेहरूकै कारण लोकतन्त्र खतरामा परेको बताएका छन । लोकतन्त्रको उच्चतम प्रयोग हुनु पर्ने कानुनि निकायमानै न्यासम्पादनमा समानता र न्यायमापहुच नभए पछि लोकतन्त्रको कुरा गर्नु ब्यर्थ हुने बताएका छन ।
कालिकोट स्थिति रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीले लोकतन्त्रको प्रयोग र त्यसको नियन्त्रणको समायोजन नहुदा नागरिकहरू लोकतन्त्रप्रति उदाशिन बन्दै गएको बताए । उनले स्वतन्त्राका नाममा हुने छोडुवा प्रजातन्त्र कि शुशासन सहितको लोकतन्त्र भन्नेमा अहिले पनि अन्यौल रहेको बताए । पत्रकार कार्कीले लोकतन्त्रमा कानुनि राज र बिधिको शासन वाक स्वतन्त्रता जस्ता कुरा हुने भए पनि बागबण्डामा हुने न्यायधिस नियुक्ति कानुनु ब्यवसायीको सेवा प्रवाहले नागरिकहरू ईजालसमा न्याय पाउन पुग्नु भन्दा पहिला ईजालसको राजनितिक चरित्र सोध्ने गरेको बताए । नेपालमा सबै पेशाब्यवसाये सबै कानुनअनुसार हुन्छ । सबैको मुल्य हुन्छ कर लाग्छ भ्याट लाग्छ तर कानुन ब्यवसायीको दररेट कायम नहुदा सहिढंगवाट मुद्वा किनार लागे पनि हार्ने पक्ष बढी मुरमुरीने गरेको बताए । सबै पेशाको मुल्य हुने तर कानुन ब्यवसायीको पनि दररेट कायम हुन जरूरी रहेको उनले बताए ।
खाडाचक्र नं १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले प्रजातन्त्र त सात सालको पनि प्रजातन्त्र हो तर अहिलेको लोकतन्त्रीक गणतन्त्र हो तरअजै पनि लोकतन्त्रको प्रत्याभुति अजै हुन नसकेको बताएको छ । जनप्रतिनिधिका तर्फवाट खाडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारले न्याय जनताको घरघरमा पुर्याउन नसकेको भन्दै लोकतन्त्र जनताले बुझ्न नसकेको बताए
कालिकोट प्रहरी प्रमुख टेक ब रावलले प्रहरी अनुसन्धान गर्ने निकाय भएकाले धेरै कुरा प्रहरीसंग जोडिएर आउने र यसको समायोजन गरेर लोकतन्त्र मासिने र र लोकतन्त्र कार्यान्वयन गराउने दुबै कुरामा प्रहरी सचेत रहेको बताए।
कालिकोट उदयोग बाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीले ब्यक्तिगत स्थायी लेखा नं लिईसके पछी बार्षिक आय ब्याय अभिलेखीकरण गर्ने र कुनै बिधिमा नछिरेका कारण कानुन ब्यवशायी माथि नागरिकको अन्यौलता पैदा भएको बताए । न्यायलयको माथिको राजनितिक हस्तक्षेप बाट न्युक्ति गर्ने परिपार्टीको अन्त हुनु पर्ने बताए
प्रजिअ नारायण प्रसाद भट्टराईले बिधिको शासनमा सबैको नागरिक सर्बोच्चता हुन्छ तर यहा न्यायलय प्रति नै नागरिक अन्यौल देखिएका छन । न्यायप्रति बिश्वास टुट्दै जानु बिद्रोह जन्मनु हो भन्दै प्रजिअ भट्टराइले लोकतन्त्रमा कानुन निर्माण र कार्यान्वयनमा ढिला गर्न नहुने बताउनु भयो । त्यस कारण कानुन कार्यान्वयनको समस्या चाडै हल गरि अगाडी बढ्नेमा हाम्रो राज्य चुकेको उहाको तर्क छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नन्द बहादुर शाहीले कानुनी राज्यको अवधारणा अनुसार अनुशासन मान्नु बिधिको शासन भएकाले त्यसो नहुदा लोकतन्त्र समस्या परेको बताए ।
कार्यक्रममा बक्ताहरूले न्यालयका न्यायमुर्ति न्याधिसहरू राजनितिक भागमाण्डाका आधारमा नियुक्त गर्नु सबैभन्दा लोकतन्त्रको ठुलो अपहास भएको बताए का छन। ईजालसमा कुन राजनितिक पार्टीको सरकार थियो को पार्टीको भागबण्डाका न्यायधिस हुन भनेर सोच्नबाध्य नागरिकले कसरी न्यायमा समानता र लोकतन्त्रको आभाष पाउने यस प्रणालिको बिरोध जनाएका छन । न्यायधिसको राजनितिक नियुक्तिले ईजालसमा म न्याय पाउदिन की भन्ने चिन्ता अहिले पनि नागरिकमा रहेको छ ।
एमाले नेता पुर्व मन्त्री कुर्मराज शाहीलेले लडेर ल्याएको लोकतन्त्र माथि प्रश्न उठ्यो , लोकतन्त्रको बिधि प्रक्रिया कार्यान्वयन हुन सकेन , अहिले जेठमा योजना सम्झौता गर्ने परिपार्टी जिबितै छ , सामाजिक सुरक्षा भत्ता समयमा नपाउने कर्मचारीले अहिले पनि राजनितिक गरिरहनु पर्ने परिपार्टी छ । जनता बेङलोर किन गए भन्ने कुुरा सोच्नु पर्ने शाहीले बताए ।
नेपालको राजनीतिक संरचनाको आधारस्तम्भ लोकतन्त्र हो । यी दुवै अवधारणाले राज्य सञ्चालनमा जनताको सहभागिता र कानूनी शासनको सुनिश्चितता प्रदान गर्ने शाहीको तर्क छ ।
नेपाली कांग्रेसका सभापति अम्म बहादुर शाहीले नेपाली लोकतन्त्रमा जनताको शासन हुनु पर्नेमा कार्यान्वयन हुन नकसकोमा सबै मिलेर कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । घर झगडा लिएर सडक बन्द गर्न हिड्ने हाम्रो समाजलाइ पहिलो त कर्तब्यका बारेमा सिकाउन जरूरी रहेको बताए । बिधिको शासन छ लोकतन्त्र छ तर अहिले नागरिकका न्युनतम आबश्यक्ता पुरा हुन नसकेको बताए । संघियताका नाममा आएको बिखण्डनकोदोश जनप्रतिनिधिले लिनु पर्ने बताए ।
संबिधानसभा सदस्य बरिष्ठ अधिबक्ता तुलाराज बिष्टले नेपाली लोकतन्त्रको परिभाषा “जनताद्वारा, जनताका लागि जनताको शासन” मा निहित रहेको बताउदै
निर्वाचन प्रणाली , शक्ति पृथक्कीकरण, मानव अधिकार र समानता , धर्मनिरपेक्षता र बहुसांस्कृतिकता , विधिको शासन ,कानूनी राज्यको अवधारणा भित्र पर्ने बताए ।
कार्यक्रम जिल्लावार एकाईका सचिव खडान्नद चौलागाईले सन्चालन गरेका थिए ।