रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोट ब्याडमिन्टन संघले दोस्रो ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै

कालिकोट ब्याडमिन्टनसंघले दोस्रो कर्णालि प्रदेश स्थरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । कालिकोट सदरमुकाममा रहेको कभर्डहलमा आगामि यसै महिनाको २७,२८ र २९ गते आयोजना गर्न लागिएको संघका कालिकोट अध्यक्ष बिरेन्द्र ब शाहीले बताउनु भयो । दोस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता बारे जानकारी दिन संघले सदरमुकाम स्थित होटेल एमिदिपको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरि संघले जानकारी दिएको हो । प्रथम पुरस्कार पचपन्न हजार पाच सय पचपन्न र दोस्रो पुरस्कार पचास हजार पाच सय पचपन्न र तेस्रोका लागी पन्ध्र हजार पाच सय पचपन्नरूपैया रहेको छ । जिल्लाका सबै स्थानिय सरकारको सहयोगमा हुन लागेको प्रतियोगितामा बि लेवल जोडि पुरूष र भेट्रान्स प्रतियोगित हुने भएको छ । पत्रकार महासंघका अध्यक्ष भरत बिष्ट, कर्णालि प्रदेश ब्याडमिन्टन संघका कोषाअध्यक्ष भुपेन्द्र मल्ल प्रेस सेन्टरका केन्द्रय सदस्य रत्न कार्की र प्रेस सेन्टरका कालिकोट अध्यक्ष बिरेन्द्र आचार्य प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य कालि बहादुर मल्लको आथित्यथामा भएको प्रेस सम्मेलनमा जिल्ला स्थित सन्चार माध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !