रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

माओवादी केन्द्र कर्णाली प्रदेशद्वारा ‘म बनाउँछु मेरो पार्टी कार्यालय’ अभियान सुरू,

       नेकपा (माओवादी केन्द्र)  कर्णाली प्रदेशले जेन्जी आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालय बनाउने अभियान सुरू गरेको छ ।

वीरेन्द्रनगर सुर्खेतमा रहेको पार्टी कार्यालय जेनजि आन्दोलनका क्रममा जलईएको थियो । कर्णाली प्रदेश कमिटी अध्यक्ष दशै लगतै प्रदेश ईन्चार्ज कालि ब मल्लसंगकोसमन्वयमा प्रदेश राजधानिमा उपलब्ध नेताहरूसंग छलफल गरेर सो अभियान सुरू गरेकी हुन । नेताहरूको  बैठकले उक्त अभियान चलाएको छ ।

जिल्ला समन्वय समिति सुर्खेतले जेन्जी आन्दोलनको क्रममा जलेको पार्टी कार्यालय संचालनको लागि ‘म बनाउछु मेरो पार्टीकार्यालय‘ भन्ने अभियानको सुरुवात गरेको नेकपा (माओवादी केन्द्र)  कि कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताउनुभयो। अध्यक्ष केसीका अनुसार सबै शुभचिन्तक, समर्थक तथा पार्टी कार्यकर्तालाई यो अभियानमा सहभागी जनाउन अपिल समेतगर्नु भएको छ । घोषणा गरिएको उक्त अभियानमा  सहयोग गर्ने ब्यक्तिहरूको नाम समेत घोषणा गरिएको छ । जसमा डिलबहादुर बंशी मगर – रु ८,२५०/, योगेन्द्र बहादुर शाही – रु ५,०००, टोप बहादुर बस्नेत – रु ५०००, दुर्गा ढकाल – रु २,०००सहयोग जम्मा गरिसकेको कार्यालयले बताएको छ ।यो अभियानमा सहभागी जनाउन प्रदेश पार्टी कार्यालयसंग सम्पर्क गर्न  अनुरोध गरिएको छ ।

“म बनाउँछु मेरो पार्टी कार्यालय” यो बिशेष अभियानमा जोडिएर सहयोग गर्न सम्पुर्ण शुभचिन्तकहरूमा हार्दिक अनुरोधगर्दछौं  अपिलमा माओवादी केन्द्रले भनेको छ ।

सहयोगका लागि पार्टी प्रदेश समितिको खाता नं  समेत सार्वजनिक गरेको छ ।बैंकको नाम : राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेत।खाताको नाम : NEPAL COMMUNIST PARTY MAOIST CENTRE, खाता नं ४०८०१०००३४२९२००१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !