सदरमुकाम स्थित कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ३ को आधारभुत स्वास्थ्य केन्द्रमा स्थानियले ताला लगाएका छन । आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारी करिब २ हप्ता देखि कार्यालय बिहिन हुनुका संगै पावर र पहुच देखाउदै वडाका बिरामि नागरीलाई पटक पटक थर्काउने धम्काउने जस्ता क्रियाकलाव कर्मचारी बाट विभिन्न समयमा भएको भन्दै स्थानियले ताला लगाएका हुन । कार्यालयमा समयमा नआउने सरकारले निशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहिलाई उपलब्ध नगराएको गुनासो प्रति हाम्रो ध्यानाकर्षण भएको भन्दै स्थानियले ताला लगाएका हुन ।
विरामि नागरीकलाई दुख दिनु राम्रो विषय नभएको भन्दै शोमबार खोकि लागेर टाउको दुखेको बिरामि औषधि लिन जादा नागरीकलाई कार्यालय सहयोगि द्वारा आइरन चक्कि वितरण गरेको भन्दै ताला लगाईएको हो । नागरीकको जिबनमा खेलवाड भएको स्थानियको गनासो छ । तसर्थ कार्यालयमा कार्यरत कर्मचारी लाई कार्बाहीको माग गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।
तिला कर्णालि बहुमुखी क्याम्पसका स्वबियु सचिव खगेन्द्र पाण्डेको नेतृत्वमा पुगेको स्थानियको टोलिले ताला लगाएका छन ।










