रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्काेट नगरपालिकाले सरोकारवालाहरु संग आ व २०८२।०८३ को निति कार्यक्रम तथा बजेट तर्जु सम्वन्धी अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रम रास्काेटमा सम्पन्न।

कालीकोट ~आउदो नगर सभाका लागि रास्काेट नगरपालिकाले सर्वदलिय उपस्थितिमा सुझाव मागेको छ ।रास्काेट नगरपालिकामा रहेका राजनैतिक दल नागरिकसमाज तथा सरोकारवालाहरुका प्रमुखहरुको उपस्थितिमा आ.ब २०८२/०८३काे योजना तर्जुका लागि सुझाव मागेको हो ।

रास्काेट नगरपालिकामा रहेका दलहरुका मुख्या नेतृत्वहरुको उपस्थितिमा सुझाव संकलन गरिएको हो । रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण),उप प्रमुख मनिराज बराल, जिल्ला समन्वय समिति कालिकाेट सदस्य सुर्जा राेकाया (फडेरा) सहितकाे जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न राजनैतिक दलका तर्फबाट रास्काेट नगरपालिकाको समग्र विकासका लागि सुझावहरु दिएका छन ।

जसमा नेपालि कांग्रेसका तर्फबाट आनन्द्र बिक्रम शाही, नेकपा एमालेका तर्फबाट काली बहादुर शाही, नेकपा(माओवादी केन्द्र)का तर्फबाट बिष्णु प्रशाद बराल ( बिजय), जगत बहादुर शाही, पदम खड्का, बिरिन्दा उपाध्याय,नेकपाका तर्फबाट छत्र बहादुर बम, रास्ट्रिय जनमोर्चा बाट कमल बिक्रम शाही, नागरिकसमाज लगायतका नेताहरुले रास्काेट विकास सम्बृद्धिका लागि सबैको सहयोग समर्थनका साथै रचनात्मक भुमिका निर्वाहका लागि अनुरोध गरेका छन । आर्थिक वर्ष २०८२।०८३का लागि वार्षिक निति तथा कार्यक्रम र बजेट तर्जमा सम्बन्धमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम गरिएको हो । सो कार्यक्रममा रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही(पाेषण)ले विभिन्न सरोकारवालाबाट महत्वपूर्ण सुझावहरु आएकाले योजना तथा वजेटमा समाबेश गर्ने प्रतिवद्धता जनाएका छन ।
नगर सभा अघि रास्काेट नगरपालिकाले प्रत्यक बर्ष सरोकारवालाहरुबाट सुझाव लिने प्रचलन रहेको

तस्बिर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !