रैथाने तथा परम्परागत सिप प्रबर्धन सम्बन्धी दुइ दिने कार्यक्रम सदरमुकाम मान्ममा सुरू भएको छ । सामाजिक बिकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा कालिकोटका सरोकारवालाले बढ्दो आधुनिक्ताले परम्परागत रैथाने सिप र प्रबिधि लोप हुदै गएको बताएका छन । कार्यक्रममा सुझाव दिने खाडाचक्र नगरपालिका वडा नं ५ का अध्यक्ष देउराम बिकले बढ्दो आधुनिक्ताले रैथाने तथा परम्परागत सिप हराउदै गएको बताएका छन ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई समन्वय प्रमुख धनजित शाही , उप प्रमुख मिना रावत बिक , दलित अधिकारकर्मी तथा नेकपा माओवादी केन्द्रका नेता दिनेश चदारा लगाएतले रैथाले सिपको जगेर्ना गर्न सबै क्षेत्र लाग्नु पर्ने बताए ।
परम्परागत प्रविधि र साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको कालिकोटका सरोकारवालाले बताएका हुन । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र डिमाण्डका आधारमा निर्माण गरिएका आयातित संस्कृति र परम्पराका कारण परम्परागत प्रविधि र साधन सङ्कटमा परेको सरोकारवालाको तर्क छ ।
मानिसको दैनिक जीवनयापन गर्नका लागि बनाइएका पुराना साधनको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको कालिकोट जिल्ला सामाजिक बिकास कार्यालयका प्रमुख रमेश लोहारले बताएका छन । रैथाने सीप र प्रविधिको प्रयोग गरी वर्षौँ पहिलेदेखि बनाइएका सरसामान लोप हुने अवस्थामा रहेकाले यो कार्यक्रम गर्नु परेको कार्यालय प्रमुख लोहारले बताए ।
कालिकोटका ग्रामीण भेगहरुमा अन्न पिसानी गरिँदै आएको पानीघट्ट , आरान , सिलाई, तथा आरन जस्ता पेसा सिप लोप हुँदै जान थालेका छन । यसको संरक्षणका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको कालिकोट उद्योग बाणािज्यसंघका अध्यक्ष रतन बहादुर शाहीले बताए । पछिल्लो सयम गाउँ–गाउँसम्म नै बिजुली बल्न थालेपछि कुटानी पिसानीका लागि विद्युतीय पहुचका कारण आधुनिक मिल सञ्चालनमा आएपछि पानीघट्टको माग कम हुँदै गएको र अन्य प्रबिधि पनि ओझेलमा परेको माओवादी केन्द्रका नेता दिनेश चदाराले बताए।
पुराना सीप र प्रविधिका साधनहरु पानीघट्ट, ढिकी, जाँतो, कोल , आरान जस्ता साधन,स्रोत र संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्नका लागि सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने समन्वय उप प्रमुख मिना रावत बिकले बताईन ।
पुरानो प्रविधि र सीपसँग जोडिएको साधनलाई संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला यस्ता प्रविधि र संस्कृतिको जर्गेनाका लागि सरकार पनि लागेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताइएका छन ।
पानीघट्टका साथै परम्परागत सीप र प्रविधिका ढिकी, जाँतो, कोल र माटोको भाडो उत्पादन गर्ने जस्ता पुराना प्रविधि हराउँदै जाँदा संरक्षणको अभाव समेत देखिएको प्रजिअ भट्टराईले बताए । पुराना सीप तथा प्रविधिक र साधनश्रोतको संरक्षणका लागि आवश्यक पहल गरिने उनले बताए पुराना पुस्ताको सीप, मेहेनत र परिश्रम नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा परम्परागत सिप हराउदै गएको बताएका छन । कार्यक्रम दुई दिन सम्म रैथाने तथा परम्परागत सिप प्रबर्धन सम्बन्धी कार्यक्र दुई दिन सम्म चल्ने छ ।