रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

खाडाँचक्र नगरपालिका वडा नं १को डिजिटल नागरिक बडापत्र बारे छलफल

कालिकोट / खाडाचक्र वडा नं १ को कार्यालयले नागरिकको सहजताका लागी नागरिक वडापत्र राख्ने भएको छ । वडाकार्यालयवाट हुने कार्यसम्पादन र त्यसका लागी आबश्यक पर्ने प्रक्रिया र कागजात सेवाका बिषयमा नागरिकलाइ सहजताका लागी वडापत्र राखिने वडा नं १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले बताउनु भयो ।वडा अध्यक्ष धर्मराज ताम्राकारको अध्यक्षयतामा र नगर प्रमुख कमल बहादुर शाही प्रमुख अतिथि रहेको कार्यक्रममा वडा अध्यक्ष बिरजित बिष्ट , नगरका प्रमुख प्रशासकिय अधिकृत जसी प्रसाद चौलागाई , वडा सदस्य पन्चकन्या उपाध्याय नगरका ईन्जनियर सुमित भट्ट , स्वास्थ्य साखा प्रमुख मान बहादुर बिष्ट , कृषी साखा प्रमुख धुर्ब बराल पसु साखाका गोबिन्द शाही , स्याक नेपाल प्रतिनिधि परेकलाल बुढा,ध वडा सचिव शुनकेसा शाही लगाएत पत्रकार नागरिक समाजका अगुवाहरू सहभागि रहेको कार्यक्रममा तयार पारिएको वडापत्रका बारेमा छलफल गरिएको हो । कार्यक्रममा नगर प्रमुुख कमल बहादुर शाहीले नागरीक वडापत्रलाइ सबै वडामा लागु गर्ने बताउनु भयो । नागरिक वडापत्र राखे पछी वडा कार्यालयमा हुने काम कार्वाही र त्यसका लागी आबश्यक पर्ने कागजात के चाहिन्छ भन्नेमा नागरिकले जानकारी पाउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !