कालिकोट/ कालिकोट जिल्ला प्रशासन कार्यालय कालिकोटको आयोजनामा रास्कोट नगरपालिकामा नागरिक सुनुवाई सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन महिनाको कार्यसम्पादनका बिषयमा नागरिक सुनुवाई गरीएको हो । कार्याक्रममा कार्यालयबाट प्रवाह गरिने सेवाबारे जानकारी र भएको कार्यसम्पादनका बिषयमा प्रहरी प्रमुख डिएसपी टेक रावत र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले प्रसुति गर्नु भएको थियो। सवारीमा बढी यात्रु राख्ने , भाडा निश्चित नहुने , राष्ट्रिय परिचयपत्र बितरण लगाएत सेवाहरू रास्कोटबाट सुरू गर्ने , नागरिक्ता शिबिर जस्ता सेवा शिबिर राखेर सन्चालन गर्न रास्कोटका नागरिकले प्रजिअ भट्टराईलाई अनुरोध गरेका छन । नागरिकको गुनासो सम्बोधन गर्दै प्रजिअ भट्टराईले गलत कुरा नियन्त्रण गर्न सबै एक भएर जानू पर्ने बताउनु भयो
जिल्ला प्रशासन कार्यालयको सेवाबारे नागरिकलाई जानकारी दिदै प्रजिअ भट्टराईले प्रशासनले कार्यसम्पादन गरेका बिषय सकरात्मक रहेको बताउनु भयो ।
प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावतले जिल्ला प्रहरीमा सम्पादन गरिने कार्यसम्पादनका कामहरूबारे जानकारी दिनु भयो। रास्कोटका नागरिक कृष्ण प्रसाद धमाला , हुकुम शाहिले रास्कोटमा राष्टिय परिचय पत्र बितरण सिबिर राख्न अनुरोध गर्नु भयो ।
प्रजिअ भट्टराईले रास्कोटमा यश बर्ष भित्रै सेवा कार्यालय स्थापना भए समस्या सामाधान हुने र त्यसका लागी पहल भईरहेको बताउनु भयो। अरू समस्या समय सापेक्ष सामाधान हुने बताउनु भयो ।
नेकपा एमाले रास्कोट अध्यक्ष काली बहादुर शाहीले ,ईलाकाको जग्गा छ भवन अधुरै अलपत्र छाडियो त्यसका लागी के पहल भईरहेको छ भन्ने प्रश्नमा किन लगानि गरियो अहिले किन अलपत्र पारियो भनेमा प्रश्नमा प्रजिअ भट्टराईले यस बिषयमा प्रदेश सरकारसंग छलफल भईरहेको बताउनु भयो । एमाले रास्कोट अध्यक्ष शाहीले लागू ओैषध दुर्ब्यशनि ,बालबिवाह र छाउपडि लगाएत जातिय छुवाछुत गाउका ब्याप्त रहेको बताउनु भयो ।
प्रजिअ भट्टराईको अध्यक्षयतामा भएको कार्यक्रममा रास्कोट नगरका मेयर धर्मराज शाहीले रास्कोटका सकारात्मक काममा पनि नकरात्मक टिप्पणी गर्ने र त्यहा पनि मेयरको नाम जोडेेर गरिने प्रचारवाजी बिरूद्व रास्कोटका नागरिकले प्रतिवाद गर्ने बताउनु भयो ।
रास्कोट नगरका उपमेयर मनिराज बरालले रास्कोटलाई खालि धारेहात लगाउने काम गरिरहेको भन्दै बरालले रास्कोटले गरेका उत्कृष्टकामहरूको सकारात्मक मुल्यांकन गरिदिन अनुरोध गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय कालीकोटको संयुक्त आयोजनामा जिल्लाको रास्कोट नगरपालिका सभाहलमा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा नागरिकले गुनासो र सुझाव दिएका छन । रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षयतामा स्थानिय जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रतिनिधीहरु, पत्रकार नागरिक समाज, विभिन्न सरकारी कार्यालयका प्रतिनिधीहरु, विभिन्न साझेदार संघ संस्थाका प्रतिनिधीहरु तथा सर्वसाधारणहरुको उपस्थितिमा “नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।