रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

सान्नि त्रिवेणी गाउँपालिकाले सामुदायीक बिद्यालयमा कार्यरत शिक्षकलाई अनिवार्य सरूवा गर्दै

    कालिकोट / कालिकोटको सान्नित्रिवेणी  गाउँपालिकाले गाउपालिकामा कार्यरत , स्थायी , अस्थायी , संघिय अनुदानबाट पारीश्रमिक खाईरहेका सबै शिक्षकहरूको ब्यापक सरूवा गर्ने भएको छ । शिक्षा क्षेत्रमा सुधार ल्याउन शिक्षकहरूमा ब्यापक सरूवा गर्न लागेको  गाउँपालिकाले  बताएको छ । बर्षौ देखी एउटै स्कुलमा बसेर  रजगज जमाउने , स्कुल नियमित नहुने गरेको भन्दै शिक्षक शरूवा गर्न लागेको हो ।  गाउँपालिकाले शिक्षक सरुवा सम्बन्धि  यस अघि गरेको निर्णय बमोजिम गाउ शिक्षा समितिले कार्यबिधि निर्माण गरी शिक्षकहरूलाइ सरूवा गर्न लागेक हो । यस अघि गाउँपालिकाले निबेदन दिन आग्रह गरेको थियो ।  बर्षौ देखी घरपाईक बसेका शिक्षकहरू  अन्यत्र सर्नु पर्ने भए पछी शिक्षकहरूमा ब्यापक सनाटा छाएको छ ।

यसअघि गाउ शिक्षा समितिका संयोजक समेत रहेका  गाउँपालिका  अध्यक्ष मोहन  केसीले चालु आबको निति कार्यक्रममा शिक्षक सरूवा गर्ने निति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।  पालिका  अध्यक्ष केसीले तत्कालनिर्णय कार्यान्वयन गर्ने गरि आन्तरीक गृहकार्य थाल्न  आदेश दिएसंगै गउशिक्षा उपसमितिले गृहकार्य शुरू गरेको छ ।  

गाउँपालिकाको यस  अघि प्रधानाध्यापक परिक्षा लिएर  छनोट  गर्ने निति लिएको थियो ।तर  परिक्षामा असफल हुने  शिक्षकहरूले मुद्वा हाले पछी  अदालतले  निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

गाउँपालिकाले शिक्षक सरुवा गरेपछि  शिक्षकहरूमा खैलाबैला मचिएको   

गाउँपालिका अध्यक्ष मोहन केसिले  शैक्षिक सुधारको लागि गरिएको प्रयासलाई सबैले  स्विकार गर्नु प्रने बताउनुभयो । उहाँले देशभरका स्थानीय तहले आबश्यकता अनुसार शिक्षकको सरुवा दरबन्दी मिलान गरिरहेको  बताउनु भयो । माध्यामिकतहसम्मको शिक्षा रेख देख गर्ने र माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानियतहको हुने कानुनि ब्यवस्था पनि  कार्यान्वयन हुने बताउनुभयो ।

३० वटा सामुदायीक बिद्यालय र ८ वटा बाल शिक्षा गरी ३८ वटा बिद्यालयका सबै शिक्षकसरूवा गरिने गाउपालिका उपाध्यक्ष पार्वति सिह संज्यालले बताउनु भयो ।

शिक्षक सरूवाको बिषय गाउशिक्षा समितिले निर्माण गरेको कार्यबिधिमा टिकेर दरबन्दी मिलानमा समेत सजिलो हुने गरि सरूवा हुने प्रमुख प्रशासकिय अधिकृत प्रेम बढुवालले बताउनु भयो ।अहिले सम्म शिक्षा समितिमा छलफल भएर ड्राप्ट तयार भईरहेको बताउनु भयो । कतिपय अवस्थामा शिक्षक सरूवा शिक्षा समितिबट सिधै र कतिपय अवस्थामा कार्यपालिकाबाट सिधै पनि हुन  सक्ने गरी कार्यबिधि बनेको जानकारी दिदै कार्यबिधि  राजपत्रमा प्रकाशन गरीसकेको बताउनु  भयो 

शिक्षा समितिले गाउ शिक्षा समिति अन्तरगत रहने गरी शिक्षा तथा सामाजिक संवाद समिति गठन गरि कामकाज सुरू गरेको बताउनु भयो । गाउपालिकाले  वडा नं ७ का अध्यक्ष जय प्रसाद सिम्खाडाको नेतित्वमा रहेको  सामाजिक समितको प्रतिवेदन उपर पुन छलफल हुने र सोही अनुसार काज सरूव हुने बताउनु भयो ।  ३० वटा सुमदायीक बिद्यालय र ८ वटा समुदायमा आधारित बाल शिक्षा गरी ३८ वटा बिद्यालयमा कार्यरत ११० जना स्थायी र राहात शिक्षक र संघीय सरकारको शिक्षण सिकाई सहयोग अनुदानका  २७ गाउपालिका अनुदानको ६३ जना  शिक्षक कार्यरत रहेको गाउपालिका शिक्षा अधिकृत मदन शाहीले बताउनु भयो ।उहाले  बर्षौ देखी एउटै स्कुलमा कामकाजमा रहदा शिक्षकहरूमा रहेको ज्ञान कुण्ठित भएकोले अलि हलचल ल्याउदा शैक्षिक गुणस्तर उठ्ने अपेक्षा गरीएको बताउनु भयो । आगामि शैक्षिक शत्र , फागुन चैतमा  दरबन्दी मिलान गर्न सजिलो होस भनेर काजसरूवा गर्न खोजिएको हुनाले सुन्य दरबन्दी भएको बिदयालयमा पनि दरबन्दीको शिक्षक खटाउन सकिने गरि कार्यबिधि बनाएको बताउनु भयो  । शिक्षा अधिकृत शाहीले रेडियो प्रदेश आवाजसंग भने गाउपालिकामा ८ वटा माबि बिद्यालय छन तर  ५ वटा सुन्य दरबन्दीका छन आबश्यकता अनुशार माबि निमाबिको दरबन्दीका शिक्षक त्यहा काजमा जानु पर्ने पनि हुन सक्ने उहाको भनाई   छ।

शिक्षा अधिकृत शाहिले गाउपालिका अनुदानमा कार्यरतलाई भने यो पटक काज सरूवा नगरीने बताउनु भयो ।

सरकारले घरपाईक सरूवाको अवसर दिए पछि घरपाईक सेवाको अवसरलाई शिक्षकहरूले दुरूउपयोग गरीरहेको देखिएको छ ।  घरपाईकको सुबिधा लिईरहेका शिक्षकहरूको पडौसिमा मानिस मर्दा मलामि , पुर्णय तिथि  पर्दा काजकिरियाको काममा सहभागि , छिमेकिमा बिहेवर्तन हुदा सहयोगि बन्नु अनि घरको  गाईबाछोको घासपानि मिलाउदै समय ठिक्क गर्नु नपढाउनु भनेको नभई स्थानियमा  बढी जवाफदेहीता बढ्ने  भनेर दिएको सुबिधा दुरूपयोग  भएकाले पनि शिक्षकहरूलाई एक पटक काज सरूवाको माध्यमबाट चलाउन खोजिएको प्रमुख प्रशासकिय अधिकृत प्रेम बुढुवालले बताउनु भयो ।

पहिलो चरणमा ईच्छा अनुसार ५ वर्ष पुगेका शिक्षकबाट निवेदन मागेका छौ तर निवेदन मागेका शिक्षक मिलादा त कोही न कोही साटिनु पर्ने होला त्यो बेला जो कोही जो सुकै स्कुलमा  पनि जानु पर्ने शिक्षा संवादसमितिका संयोजक जय प्रकाश सिमखाडाले बताउनु भयो ।

४५ बढी शिक्षकले निबेदन दिएको र उनिहरूको सरूवा हुदा अन्यको पनि सरूवा हुन सक्ने समितिका संयोजक सिमखाडाले बताउनु भयो।

उहाका अनुसार गएकोशैक्षिकसत्रमा कक्षा ८ को परिक्षामा धेरै बिद्यालय निल भएको र त्यस पछिको शैक्षिक गोष्ठिको निष्कर्ष अनुसार शिक्षक सरूवा गर्न लागएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !