रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

रास्कोटको प्रमुख धार्मिक पिठ शिवनाथमा बलि दिन नपाईने

कालिकोट/   कालिकोटको रास्कोटको प्रमुख धार्मिक पिठ शिवनाथ धाम  मन्दिरमा यही भाद्र १२ गते ऋषि पञ्चमीका दिन देखी २० गते अनन्त त्रोदशीका  दिन सम्म बलि दिन रोक लगाईएको छ ।

श्रावण शुक्ल पञ्चमीका दिन बडिमालिका देवीको धार्मिक पूजा सकिए लगतै १२ भाइ देवताका पूजापाठ सुरू हुन्छन्। रास्कोटको प्रमुख देवताको शक्ति पिठ शिवनाथका हुम पुजारा कृष्ण प्रसाद धमालाले बताउनु भयो ।१२ भाइ मष्टा धवलपुराका एकसाथ पूजा लाग्ने दिन शिवनाथ धामका दिन रास्कोटद्वारा सबै जातजातिका कुल देवताहरू जम्मा हुने प्रचलन छ । किमदन्ति अनुसार त्यहाँका मुलधामी ताम्तिका धामीको छुट्टै पहिचाहन छ ।परापुर्वकालमा शिवनाथको पूजामा ताम्तिको धामी आउने विषय महत्वपूर्ण मानिन्छ । रास्कोट नगरपालिका वडा नं ४ मा रहेको शिवनाथ धाममा दैनिक बलि दिने प्रचलन छ । घरमा कुल बिग्रिदा , ग्रहदशा बिग्रिन्छ र हरेक मानिसहरूको सुखदुख शिवनाथ देवता रक्षक बन्छ भन्ने धार्मिक बिश्वास छ । ताम्तिलेखबाट मौला छिरेर आउने र ताम्तिको धामीले अदृश्य अवतार देखाई मानिसहरूका कवलभाका पुरा गरीदिने बिश्वास छ ।ताम्तिका तत्कालिन धामी ,मेदया धामीको  पालामा नदी तार्ने प्रचलन सुरू भएको हो  ।उनलाई नदीमा तल  बगाउदा उनको लडो माथि बगेको किमदन्ति रहेको   धार्मिक जानकारहरु बताउछन । त्यस पछि रंगे धामी र जसी धामीले पनि मौला छिरेर देवताको भाकल अथवा अवतार  देखाएका थिए। उनि ३ बर्षको १ पटक मात्र  शिवनाथ धाममा आउथे  उच्च लेकाली भेक ताम्ति लेखमा बसोबास गर्ने ताम्तिका धामी जसीराम धामीको निधन पछि१२ ओै बर्षसम्म शिवनाथमा ताम्तिको धामिबिनै पुजापाठ लागेको थियो ।  ताम्तिको धामी परापुर्वकालमा लेखबाट बाघमा चढेर आउने , पानीको तलाउमा डुबेर घाट र मुर्ति निकाल्ने र  मौला छिर्ने जस्ता अवतारबाट नागरिकमा स्थापित  छन्। धार्मिक आस्थामा बिस्वस्थ पुराना बुढापाखाहरू  ताम्तिको धामी शिबनाथ नआए धाम राम्रो नहुने र रास्कोट दरामा अनिकाल हुने बिश्वास लिन्छन्। पछिल्लो पिडिका धामी जसीराम धामीको मृत्यु भए पछि १२ बर्ष ताम्तिको धामी बिनै धाम लाग्यो । तर यस वर्ष जसीराम धामीका छोरा बिरजित धामी प्रमुख धामी ओैतारीएका छन । उनले  जसीराम धामीको पैरनमा रहेका कुण्डल पैरीसकेको र मौला छिरेर शिवनाथ धाममा आउने भएकाले ऋषि पन्चमी १२ गते देखी २० गते अनन्त त्रोदसीका  दिन सम्म बलि दिन रोक लगाईएको छ । २० गते राती र २१ गते दिउससम्म धाम लाग्ने शिवनाथका  १२ गते १२ देव धलपुरा  र मष्टाको  बाजा उठ्ने प्रचलन छ । १२ बर्ष पछि ताम्तिबाट धामी आउने भएकाले इतिहास झल्किने गरी पूजा हुने हुमपुजारी कृष्ण प्रसाद धमालाले बतानु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !