कालिकोट/रास्कोट
कालिकोट~ रास्कोट नगरपालिका वडा नम्बर ०५ मा रहेको मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रास्कोट द्वारा सोहि नगरपालिका वडा नम्बर ९ बालुखेत बस्ने कोैरा लुवार को मृत्यु पश्चात निजको श्रीमान जैरामे लुवार लाई ऋण मिनाह र किरिया खर्च बापत रु ११००००/-( एक लाख दस हजार) र सोही ठाउँमा बस्ने सुविस्ता तिरुवा कामिलाइ सर्प दंश (सर्पको टोकाई) भई उपचार गर्नको निमित्त रु २०००(दुई हजार) सहयोग रकम हस्तान्तरण गरेको छ।
समूहका सदस्य तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हाे।
समूहमा आबद्ध भएका सदस्यहरू सुत्केरी हुँदा प्रसुति खर्च रु२०००, सर्प दंश (सर्पको टोकाई) भई उपचार गर्नको निमित्त रु २०००, दैविक प्रकोप सुरक्षा अन्तर्गत रु ५५००, सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा काजक्रिया खर्च बापत रु २१०००, एकल सदस्यको हकमा रु ४२०००, लगायतका सहयोग रकम प्रदान गर्दै आएको,
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फतसेवा प्रदान गर्दै आएको संस्थाले नागरिकको विभिन्न समस्याहरूमा समेत सहयोग गर्दै आएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
शाखा कार्यालय रास्कोट शाखा प्रबन्धक करन बहादुर चन्दले बताउनु भएको छ।