रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

राष्ट्रिय परिचयपत्रको बिवरण भर्न जिल्ला प्रशासनमा भिड, भिड हटाउन , बिहान ६ बजे देखी बेलुका ८ बजे सम्म सेवा दिदै कालिकोट प्रशासन

    कालिकोट  जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको सङ्ख्या बढे पछि फाटका कर्मचारी माया शाही र पार्वति गिरीलाई  भ्याइनभ्याई भईरहेको छ । उनलाई बिहान ६ बजे देखी बेलुका ८बजे सम्म फाटमै काम गर्न ब्यस्थ देखिन्छन ।

सदरमुकाम मान्न स्थित जिल्ला प्रशासन  कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनेको भिड  थामी नसक्नु गरी बढेको छ । एक हप्ता यता लगातार भिड बढिरहँदा व्यवस्थापनमै समस्या परेको कर्मचारीले गुनासो गरेका छन् । परिचयपत्रका लागि दिनभर जसो नै लाममा बस्नु पर्दा सेवाग्राही हैरानिमा परेका छन् ।

तिलागुफा नगरपालिका ३ कि पार्वति शाहीले दुई दिन भयो नागरीक्ता लिएर राष्ट्रिय परिचयपत्रका लागी पालो कुरीरहेकी छन । जिल्ला प्रशासन कार्यालय कालिकोटमादैनिक दुई सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आउने गरेका छन् । गाउमा सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीको अनलाईन बिवरण प्रबिष्ट गर्न राष्ट्रीय परिचयपत्र अनिवार्य गरे पछी पलाता , तिलागुफा र पचालझरना , नरहरीनाथ, रास्कोट ,शुभकालिका  लगाएतका स्थानियतहवाट सदरमुकाम पुगेका सेवाग्राही तिन दिन देखी सदरमुकाममा बसेर पालो कुरीरहेका छन ।

कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले   कार्यालयका कर्मचारीलाई बिहान ६ बजे देखी बेलुका ८ बजे सम्म खटाएर दिनहुँ विवरण लिइरहँदा पनि भिड कम नभएको बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको नम्बरसमेत खुलाउनुपर्ने व्यवस्था भएकाले सेवाग्राहीको चाप थेग्नै हम्मे हम्मे परेको  शर्माको भनाई छ । 

नागरिकता फाँटको चाप पनि थेक्न मुस्किल पर्ने जिल्ला प्रशासन कार्यालयलाई अहिले राष्ट्रिय परिचयपत्रतर्फको थेगिनसक्नु भिडले थप अप्ठ्यारोमा पारेको छ । अत्यधिक भिडभाड भएपछि जिल्ला प्रशासन कार्यालयले  पालिकामा राष्ट्रिय परिचयपत्र र नागरिक्ता बितरण शिबिर सन्चालन गर्न गृहमन्त्रालयमा लेखी पहप्तामा तीन दिनमा पालो पाउने गरी राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिरहेको छ । 

पहिले प्रत्यक स्थानियतहमा टोलि खटाएर राष्ट्रिय परिचय पत्र बिवरण प्रबिष्ट गरे पनि कतिपयको पुरानो नागरिक्ताले गर्दा शिष्टममा प्रमाणित नभएकोले पनि अहिले भिड बढेको प्रशासन कार्यालयका कर्मचारी लक्ष्मी रूद्र  धितालले बताउन भयो।उहाँले दैनिक १२० भन्दा बढीले नागरिक्ता लिने गरेका छन भने राष्ट्रिय परिचयपत्रमा समाबेस हुनेको संख्या पनि दैनिक ११० बढी रहेको छ । यो भिड बढेको महिनौ भईसकेको छ ।

नागरीकता नया लिने र प्रतिलिपी लिने, राष्ट्रिय परिचयपत्रमा समाबेस गर्ने  एउटा ,एउटा मात्र कम्युटर रहेका छन , अरू बिकल्प छैन । एक मात्र ठाउँबाट एउटा मात्र कम्युटर बाट  काम गर्नु पर्ने हुदा त्यसले पनि सेवाग्राहीको भिड कम गर्न नसकिएको बताउनु भयो । यसको समाधानका लागी गृहमा लेखी पठाईसकिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद  भट्टराईले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले कतिपय सेवाग्राहीको नागरिकता अत्यन्त पुरानो हुँदा पुनः नागरिकता बनाएर राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्नुपर्दा सेवाग्राही दोहोर्याएर  आउनुपर्ने स्थिति रहेको बताउनुभयो । भ्याएसम्म सेवाग्राहीलाई एकै दिनमा नागरिकता र राष्ट्रिय परिचयपत्र दुवै काम सकेर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रशासन कार्यालय कालिकोटका राष्ट्रीय परिचयपत्र बितरण साँखाका प्रमुख  माया शाहीले  दैनिक १३० जना सेवाग्राहीसम्मको विवरण भर्ने काम हुँदै आएको बताउनुभयो । एउटा मात्र कम्युटरवाट  विवरण भर्ने गरिएकोले   थप समस्या परेको शाहीले  बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !